तपाईंको फेसबुक अकाउन्ट अरूले खोलिरहेको त छैन ? यसरी लगआउट गर्नुहोस्
वीरगंज संजाल
१७ फाल्गुन २०७६, शनिबार ०७:१०
४२७९
यदि तपाईंले कुनै साइबर क्याफे वा अरू कसैको डिभाइसमा लगइन गरेको आफ्नो फेसबुक अकाउन्ट लगआउट गर्न बिर्सनुभयो भने त्यसको नतिजा दुखद् पनि हुनसक्छ ।तपाईंको फेसबुक कुनै अनधिकृत व्यक्तिले चलाउने, दुरूपयोग गरी विभिन्न अनावश्यक पोष्टहरू गर्ने तथा पासवर्ड पत्ता लगाएर ह्याक गर्ने जोखिम पनि हुन्छ । कहिलेकाहीँ तपाईंले लगआउट गर्न भुलेको तपाईंको फेसबुक अकाउन्ट अर्को मान्छेले चुपचाप हेरिरहेको र तपाईंको जासूसी गरिरहेको पनि हुनसक्छ ।
यस्तो डरबाट मुक्त हुन चाहनुहुन्छ भने तपाईंले फेसबुकमा रहेको एउटा फिचरको सहयोग लिन सक्नुहुन्छ ।उक्त फिचरको सहयोगले तपाईंले कहाँ–कहाँ आफ्नो फेसबुक लगइन गर्नुभएको छ र कुन डिभाइसमा अहिले सम्म पनि लगआउट भएको छैन भन्ने थाहा पाउन सक्नुहुन्छ । साथै एक क्लिकमै ती सबै डिभाइसबाट आफ्नो फेसबुक अकाउन्ट लगआउट पनि गर्न सक्नुहुन्छ ।
यसका लागिः
– स्मार्टफोनमा रहेको फेसबुक एपमा आफ्नो फेसबुक लगइन गर्नुहोस् र सेटिंग्समा जानुहोस्
– त्यहाँ रहेको सेक्योरिटी अप्सनमा जानुहोस् र त्यसभित्र रहेको सेक्योरिटी एण्ड लगइन नामक अप्सनमा ट्याप गर्नुहोस्
– त्यहाँ तपाईंले Where you are logged in नामक खण्ड देख्नुहुनेछ । त्यसमा तपाईंले आफ्नो फेसबुक लगइन भएका सबै डिभाइसको सूचि देख्नुहुनेछ ।
– यदि ती डिभाइसमध्ये कुनै डिभाइसमा तपाईंको फेसबुक अहिलेपनि लगआउट भएको छैन अर्थात् एक्टिभ छ भने त्यहाँ रहेका तिनवटा थोप्लाको चिन्हमा ट्याप गरी एक एक गरेर लगआउट गर्न सक्नुहुन्छ ।
– यदि सबै डिभाइसमा एकैचोटी फेसबुक लगआउट गर्न चाहनुहुन्छ भने Log out of all sessions अप्सन छान्न सक्नुहुन्छ ।
डेस्कटपका लागि
· वेब ब्राउजरमा फेसबुक खोलेर आफ्नो अकाउन्टमा लगइन गर्नुहोस्
· टप ब्यानरमा रहेको ड्रपडाउन एरोमा क्लिक गरी Settings अप्सनमा जानुहोस्
· सेटिंग्स पेजभित्र बायाँ भागमा Security and Login अप्सनमा क्लिक गर्नुहोस्
· त्यसपछि Where you are logged in खण्डमा क्लिक गर्नुहोस् जहाँ तपाइँको फेसबुक अकाउन्ट लगइन भएका सबै डिभाइसको सूचि देखिन्छ ।
· ती सबै डिभाइसबाट तपाइँले एकएक गरी वा एकैपटक लगआउट गर्न सक्नुहुन्छ । एजेन्सीको सहयोगमा