• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बालक बोकेकी महिलामाथि प्रहरी लाठी

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०७६, शनिबार ०६:४२
  • ४८५९

    ललितपुर : महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले काखे बालक बोकेकी महिलामाथि अन्धाधुन्ध लाठी बर्साएका छन्। महिला समूहले ललितपुर भैंसेपाटीस्थित पूर्वजर्नेल हेम खत्रीको घरमा तोडफोड गरेकाले बल प्रयोग गर्नुपरेको प्रहरी दाबी छ।प्रहरीले जुम्ल्याहा बच्चासहित पुगेकी हेमा श्रेष्ठमाथि प्रहरीले लाठी प्रहार गरेको हो। प्रहरी लाठीबाट उनको ढाडमा नीलडाम बसेको छ। श्रेष्ठले आफूले जर्नेलको घरमा गएर कुनै अप्रिय कार्य नगरेको दाबी गरेकी छन्। खत्रीको घरमा पुगेर मेचमा बसेर बच्चालाई दूध खुवाउँदै गर्दा प्रहरीले लाठी हानेको उनको भनाइ छ। उनले भनिन्, ‘हामी भित्र थियौं, तपाईंहरू हट्नुस भनेर अन्धाधुन्ध हान्न थाले’, उनले भनिन्।

    पूर्वजर्नेल खत्रीलाई पति दाबी गर्ने माला शाहसहित एक हुल महिला घरमा पुगेका थिए। अभियन्ता श्रेष्ठले विगत लामो समयदेखि शाहले न्याय पाउनुपर्ने र मानवअधिकार रक्षा हुनुपर्नेमा आवाज उठाउँदै आएकी छन्। यस विषयमा महिलाको समूहले खत्रीको घरमा दिनहुँजसो धर्ना दिँदै आएको छ।

    •  निरीक्षक पौडेलले महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जाल भाइरल भएको छ। महिलामाथि पुरुष प्रहरीले आक्रमण गरेको घटनाबारे सर्वत्र आलोचना भएपछि ललितपुर प्रहरीले छानबिन समिति गठन गरेको छ। एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको परिसरका प्रमुख टेकप्रसाद राईले बताए।

    ‘छानबिन समितिले जस्तो सिफारिस गर्छ, त्यही लागू हुन्छ,’ राईले भने, ‘त्यसरी पिट्नु हुँदैन थियो। छानबिन समितिले किन, कसरी, के कारण हात उठाउनुपर्‍यो भन्ने प्रश्नको जवाफ खोज्नेछ ? ’ खत्रीको घरमा हुलदंगा गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

    शाहले पूर्वजर्नेल खत्री दुई दशकदेखि सँगै बसेकाले आफ्ना पति भएको दाबी गर्दै आएकी छन्। प्रहरीका अनुसार खत्रीले भने शाह पत्नी नभएको भन्दै अस्वीकार गर्दै आएका छन्। खत्री र शाहबीच महानगरीय प्रहरी परिसर ललितपुरले सातपटक छलफल गराएको थियो। निष्कर्ष निस्किएपछि अदालत जाने सहमति भएको एसएसपी राईले बताए। उनले भने, ‘तर शाह न अदालत जानुभयो, न मुद्दा हाल्नुभयो।’ शाहले पटकपटक गरेर खत्रीले आफूसँग २० लाख रुपैयाँ लिएको दाबी गरेकी छन्।


    महिला प्रहरी किन खटाइएन

    भैंसेपाटीमा शुक्रबार जुन दृश्य देखियोे, यो बर्बर घटना हो । त्यहाँ महिला शान्तिपूर्ण ढंगले गएका थिए । प्रहरीले काखमा बच्चा बोकेकी महिलालाई अमानवीय रूपमा कुटपिट गरेको देखिन्छ । महिलाको घेराउ र जुलुसमा महिला प्रहरी नै खटाइनुपर्ने थियो ।महिला प्रहरी पर्याप्त नभएमात्र महिला प्रहरीको रोहवरमा पुरुष प्रहरी परिचालन गर्न सकिन्छ । महिलालाई पुरुष प्रहरीले दुई हातले लाठीले भकुरेका छन् । यो त झन् गम्भीर विषय हो । ललितपुरमा महिला प्रहरी नभएको त होइन होला । सार्वजनिक ठाउँमा दुई हात उज्याएर यसरी कुटपिट गर्दा आमा मात्र होइन बच्चाको मनोविज्ञानमा पनि असर पर्छ ।महिलाको जुलुस नियन्त्रण गर्न पनि महिला प्रहरी नै चाहिन्छ । निर्दयी रुपमा कुटपिट गर्ने कार्यमा प्रहरी अधिकृत नै रहेको कुरा आएको छ । सामान्य आँखाले हेर्दा पनि यो अमानवीय र बर्बरमात्र होइन, कानुनको ठाडै उल्लंघन हो ।
    (मानवअधिकारवादी कानुनविद् मीराकुमारी ढुंगानासँगको कुराकानीमा आधारित)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल
  • भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत
  • अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास
  • गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

    पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्यो

    शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीरगन्जका मेयर सिंह जनकपुरमा सम्मानित

    मुलुकलाई जोगाउँनका प्रधानमन्त्री ओलीको राजीनामा र अन्तरिम सरकार गठनको आवश्यक्ता छ : प्रभु साह

    समृद्ध नेपाल फाउण्डेसनद्वारा बाराको नकटुवामा निशुल्क आँखा शिविर

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    News

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    News

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    News

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    News

    नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑