अनुगमनका क्रममा तीन उद्योगमध्ये अशोक स्टीलको ईजाजत पत्र रद्ध
वीरगंज संजाल
१६ फाल्गुन २०७६, शुक्रबार १६:४६
५९२५
सिमरा | गुणस्तर तथा नाप तौल विभागले बीरगञ्ज पथलैया ब्यापारिक मार्गका तीन उद्योगलाई कारवाही गरेको छ ।बजार अनुगमनका क्रममा ती उद्योगबाट उत्पादन भएका बस्तु गुणस्तरहिन भएको पाइएपछी कारवाहि गरिएको बिभागले बिज्ञप्तीमार्फत जनाएको छ । उद्योगका बिभिन्न उत्पादनहरुलाई विभागको प्रयोगशालामा परिक्षण गर्दा गुणस्तरहीन पाईएकाले नेपाल गुणस्तर(प्रमाण चिन्ह) ऐन, २०३७ तथा नियमावली २०४० को नियम १६ अनुसार उद्योगमाथी कारवाहि गरिएको विभागले जनाएको छ ।
ब्यापारिक मार्गमा रहेका नेपाल शालिमार सिमेन्ट, रिलायन्स सुपरटेक सिमेन्ट प्रा.लि. र अशोक स्टील प्रा.लि. कारवाहिमा परेका हुन् । तीन उद्योगमध्ये अशोक स्टीलको ईजाजत पत्र रद्ध गरिएको छ भने अन्य दुईको ईजाजत पत्र स्थगन गरिएको बिभागद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।नेपाल शालिमार सिमेन्टको शालिमार पिपिसि सिमेन्टको हकमा कम्प्रेसिभ स्ट्रेन्थ १५ एमपिए र एमजिओ (६.७%) नेपाल गुणस्तर ३८५ अनुरुप नरहेको, रिलाईन्स सुपरटेक सिमेन्टको उत्पादन डनलप पिएससिलाई कम्प्रेशिभ स्ट्रेन्थ (१४ एमपिए) र नेपाल गुणस्तर ३८४ अनुरुप नभएको र अशोक स्टीलको एफ ई ५०० टिएमटि बार १२ एम एममा ईलोगेशन र नेपाल गुणस्तर १९१ अनुरुप नरहेको पाईएको बिभागले बताएको छ ।