डिजेल र पेट्रोलमा अब प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर लिइने
वीरगंज संजाल
१६ फाल्गुन २०७६, शुक्रबार ०६:५७
५०७९
काठमाण्डौ | सरकारले डिजेल र पेट्राेलमा लिईँदै आएकाे विकास बजेट करको दर बढाएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ विकास बजेट कर बढाएको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारीमा रहनुभएका सरकारका प्रवक्ता, अर्थमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको जानकारी दिनुभयो ।
फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पुर्याउने निर्णय गरेको हो । उहाँका अनुसार अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ कर लिइनेछ । यसअघि डिजेल र पेट्रोलमा ५ रुपैयाँ विकास कर लिइँदै आएको थियो ।