• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बालबालिकाले पिउने दुधमा विषाक्त पदार्थ !

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०७६, बिहीबार १०:०८
  • ५०५५

    काठमाडौं | अखाद्य पदार्थका रूपमा लिइने मेलामाइनले मिर्गौलामा क्षति पुर्‍याउने चिकित्सकको दाबी छ । मिर्गौलामा पत्थरी पर्नेदेखि मूत्रथैलीको क्यान्सरको जोखिम बढाउने विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानमा समेत देखिएको छ ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गरेको अध्ययनमा समेत मेलामाइन शरीरका लागि घातक भएको पाइएको छ । प्रोटिनको मात्रा बढाउन प्रयोग गरिने मेलामाइन प्रयोग गरिन्छ । मेलामाइन दूध र दूग्धजन्य पदार्थमा राखिन्छ । त्यस्तै उर्वरशक्ति वृद्धिका लागि मेलामाइनको प्रयोग गरिन्छ । बाख्रा, वनस्पति, कुखुरा, मुसामा समेत प्रयोग गरिन थालेको डब्लूएचओले जनाएको छ । ‘मेलामाइन टक्सिक (विषाक्त पदार्थ) हो । यसलाई दूधमा हाल्न दिने हो भने स्वास्थ्य अवस्था बिजोग हुन्छ,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले भने ।

    सन् २००८ मा चीनले बच्चालाई मेलामाइन मिश्रित दूध खुवाउँदा ३ लाख बालबालिका बिरामी परेका थिए । चीनमा यसलाई ‘चाइनिज मिल्क स्क्यान्डल’ का रूपमा लिने गरिन्छ । यसलाई ‘दुष्ट बुद्धि’ को उपनाम दिइएको थियो । डा. काफ्लेले भने, ‘यसको उपभोगले मिर्गौला र पिसाबमा समस्या देखिएको थियो ।’‘एसिया प्यासिफिक जर्नल अफ क्लिनिकल न्युट्रिसन’ मा समेत मेलामाइन हालिएको खाद्यपदार्थले मिर्गौलामा पत्थरी, मिर्गौलाको दीर्घ समस्या र मूत्रथैलीको क्यान्सर समेत निम्त्याउने खतरा हुने उल्लेख छ ।

    वारिष्ठ बालरोग विशेषज्ञ प्रा.डा. आरपी बिच्छाले बढी प्रोटिन पाइने तर्क दिँदै मेलामाइन मिसाउनु दुष्ट बुद्धि भएको बताए । ‘यो विष हो । बढी प्रोटिनको लोभमा मन्द विष खुवाउनु हुँदैन,’ बिच्छाले भने ।मेलामाइनको माइक्रोग्रामको मात्राले पनि मिर्गौलाको कोषिकालाई नष्ट गर्ने अध्ययनमा देखिएको छ । यसले मिर्गौला फेल गराउँछ । मेलामाइनका कण मिर्गौलामा जम्मा हुन्छ । सेतो टायल्सझैं पत्थरीमा परिणत हुन्छ । यसको सम्पर्कमा आउने कोषिकाले ‘आरओएस’ नामक रसायन बनाउँछ । यसले क्यान्सर निम्त्याउने अध्ययनमा देखिएको छ । डा. बिच्छा भन्छन्, ‘दुई–चार पैसा कमाउने लोभमा दुष्ट बुद्धिको प्रयोग नगरौं । मेलामाइनको प्रयोग पहिला गाईभैंसीमा गर्दा पशु नै मरे । बच्चालाई खुवाउने हो भने मिर्गौला र पित्तथैलीमा पत्थरी बनाउँछ । मिर्गौलामा मेलामाइनका कण जम्मा भएर मिर्गौला फेल गराउँछ ।’

    सर्जिकल अंकालोजी सोसाइटी अफ नेपालका अध्यक्ष डा. प्रकाशराज न्यौपानेका अनुुसार मेलामाइन अखाद्य पदार्थ हो । उनले भने, ‘अखाद्य पदार्थ खाद्य पदार्थमा मिसाउँदा हानि हुन्छ । मेलामाइन मिसाउन दिनु हुँदैन । चीनमा दुग्ध उत्पादक कम्पनीलाई नै कारबाही गरिएको इतिहास छ । चीनमा भएको काण्डबाट सिक्न सकिन्छ ।’सन् १८३० मा जर्मनीका एक वैज्ञानिकले मेलामाइन नामकरण गरेका थिए । त्यसपछि यसलाई प्लास्टिक उद्योग, भाँडावर्तन र चमकदार टायल्स निर्माणमा प्रयोग गरिएको थियो । वैज्ञानिकहरूले मेलामाइनमा ६७ प्रतिशत नाइट्रोजन हुने तथ्य पत्ता लगाए । त्यसपछि यसको प्रयोग पशुको दाना र दूधमा मिसाउन थालियो । दूधमा मेलामाइन मिसाउँदा गुणस्तर मापन जाँच गर्दा थाहा पाउन सकिँदैन ।

    चीनमा प्रतिबन्ध लगाइएको मेलामाइनबाट जोखिम हुने भएपछि अमेरिकामा पनि रोक लगाइयो । अमेरिकामा सन् २०१० मा प्रतिबन्ध लगाइएको थियो । अमेरिका र दक्षिण अफ्रिकामा जनावरमा मेलामाइनको प्रभावबारे गरिएको अध्ययनमा जनावरको समेत मिर्गौला बिग्रेको पाइएको थियो ।पोषणविद् केपी लम्सालका अनुसार मेलामाइन विषाक्त रसायन हो । उनले भने, ‘यसबाट कुनै फाइदा छैन । यसले मिर्गौला, कलेजोलगायतका अंगलाई क्षति पुर्‍याउँछ । क्यान्सरको जोखिम बढाउँछ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑