आदर्शनगरदेखि ठाकुराम क्याम्पस सम्म २५/२५ मिटर संरचना भत्काइने,मुख्य सडक र सहायक मार्ग पनि फराकिलो बन्ने, फेरि पैसाको खोलो बग्ने
वीरगंज संजाल
१४ फाल्गुन २०७६, बुधबार १६:३९
७३८९
बीरगंज | आउंदो २०७७ सालको जेष्ठको मध्ये सातामा गण्डकदेखि शंकराचार्य गेटसम्मको सडकमा रहेको संरचना भत्काएर त्रिभुवन राजपथ अन्तर्गत रहेको मुख्य सडकको दायां बायां दुबै तर्फको २५/२५ सडक चौंडा गर्ने निर्णय आउने सम्भावना प्रबल बनेपछि अन्य सहायक सडक समेत चौंडा हुनेपर्ने माग आम तहमा हुन थालेको छ । बीरगंजको मुख्य सडक फराकिलो भएपछि बिशेष गरि आदर्शनगरदेखि ठाकुराम क्याम्पससम्म सडक निकै बर्ष पहिलादेखि नै निर्माण भएको भएपनि त्यहां बढिजस्तो ब्यापारिक फर्महरु हुनुका साथै बैंकिग एरिया समेत भएको हुनाले आउंदा दिनमा समय क्रमसंगै सवारी साधनको आवत जावतमा आउने बिस्तार, जनघनत्वमा हुने बृद्धि दर र अन्य बिकसित शहरको मापदण्ड अनुसार पनि सडक फराकिलो हुनुपर्ने त्यसमा पनि बीरगंज महानगर पालिका, विश्व बिद्यालय बन्ने योजनामा रहेको ठाकुराम क्याम्पस, सिर्सिया भन्सार जाने मार्गको प्रबेश समेत आदर्शनगरको सडक भएर नै जानुपर्ने भएकाले उक्त सडक बिस्तारको लागि चौतर्फी दवाव पर्न थालेको हो ।
हेटौंडा को मुख्य सडक बिस्तार हुंदै जानु, त्यहांको भित्रि सडक पनि मुख्य सडककै अनुपातमा फराकिलो बन्दै जानुले पनि आदर्शनगर यरियाको सडक बिस्तारको अनुमान लगाउन थालिएको हो । त्रिभुवन राजपठ अन्तर्गत रहेको मकवानुपुरको दामेचौर हेटौंडा हुंदै बीरगंज भंसार एरियासम्मको सडक बिस्तारमा सिमरा, जितपुर, परवानीपुर, पथलैया, ३ नम्बर पुल, अमलेखगञ्ज गण्डकसम्म सडक बिस्तार भैसक्दा पनि बीरगंज बजारको मुख्य सडक बिस्तार भने घर धनीहरुको कानूनी अवरोधका कारण बारम्बार रोकिंदै आएको छ र आगामी नयां बर्षको जेष्ठ महिनामा सर्वोच्च अदालतको पुर्ण इजलासले फैसला गर्ने भएको छ यसको क्रमसंगै मुख्य सडकमा घर तथा संरचना हुनेहरुले पनि बीरगंजको मुख्य सडक समेत बिस्तार हुनुपर्ने कुरा उठाउंदै आएको हुनाले सबैको मन राख्ने क्रममा नै आदर्शनगर चोक देखि ठाकुराम क्याम्पस सम्मको सडकको दुबैतर्फ रहेको संरचना भत्काउने र बिकास र समृद्धिको यात्रामा महानगार अघि बढ्न लागेको सन्देश दिन थालिएको हो । पुन यो अभियानलाई रोक्नको लागि समेत बीरगंज बचाउन नामक संघ खडा गर्ने र स्थानीय राजनीतिक दल, सरकार, न्यायक्षेत्र लगायतको स्थानमा पैसा बांड्नुपर्छ भन्दै करोडौं उठाउने योजना एकपक्षले बनाएको छ ।