पर्सा | आज मंगलबार परेको पानी संगै झरेको चट्याङ लागेर घाँस काटन गएकी एक महिलाको पर्सामा मृत्यु भएको छ । बिहान देखि परेको पानी संगै चट्याङ झर्दा घाँस काटन गएकी पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ देउरबना निवासी ४७ वर्षीय अमिया खातुनको मृत्यु भएको हो।
मंगलबार दिउँसो घरबाट दुई सय मिटरको दुरीमा घाँस काटन गएको बेला चटयाङले लागेर खातुन गम्भीर घाइते हुनु भएकी खातूनलाई उपचारको लागि वीरगञ्ज ल्याउँदै गर्दा बाटोमै ज्यान गएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिनु भएको छ ।