आज:
  • होमपेज / अर्थतन्त्र

    निगमको ‘मास्टर कि’ चोरी प्रकरण : अनुसन्धानको सुई सिनामंगल डिपो प्रमुखतर्फ

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०७६, मंगलवार १५:५२
  • ६४११

    काठमाडौं । हवाई इन्धन ढुवानी गर्ने १ सय ८१ सहित करिब चार सय ट्यांकरको ताल्चा खुल्ने मुख्य साँचो (मास्टर कि) हराएको छ । यो प्रकरणमा सिनामंगल डिपो प्रमुख महेशमान श्रेष्ठमा अनुसन्धान केन्द्रित भइरहेको नेपाल आयल निगमले जनाएको छ ।भारतीय आयल निगमले प्रदान गर्ने उक्त साँचो माघ १९ गते नै हराएको थियो । तर, नेपाल आयल निगमले घटना गुपचुप राखेको थियो ।सिनामंगल डिपो प्रमुख श्रेष्ठको कार्यकक्षमा पासवर्डसहितको दराजमा राखिएको दुईमध्ये एउटा मास्टर कि हराएको थियो ।हराएको उक्त साँचोले भारतीय आयल कर्पोरेसन (आईओसी) को रक्सौल डिपो, हवाई इन्धन ढुवानी गर्ने एक सय ८१ ट्यांकर र थानकोट डिपोका दुई सय ट्यांकरको ताल्चा पनि खोल्न मिल्छ ।

    साँचो हराएको विषय छानविनको क्रममा रहेको निगमका निर्देशक एवं प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । ‘माघ १९ मा मास्टर कि हराएकोबारे जानकारी आयो, २३ मा हामीले छानविन कमिटी बनाएर जिम्मेवार व्यक्तिसँग बयान लिइरहेका छौं,’ गोइतले भने ।मास्टर कि हराउनु आफैंमा गलत भए पनि यसैका कारण तेल चोरी भने नहुने गोइतले दाबी गरे । ‘हामीले सबै ट्यांकरमा साँचो हराएको दिनकै भोलिपल्टबाट (२० गते) देखि सिल प्रणाली अपनाएका छौं,’ गोइतले भने, ‘ताल्चा त लागेकै छ अब सिल पनि हुन्छ, तेल चोरी हुन्न ।’साँचो हराएको विषय छानविन गर्न नायव प्रवन्ध निर्देशक विशाल ओझाको संयोजकत्वमा बनेको समितिले काम गरिरहेको निगमले जनाएको छ । सुक्ष्म अध्ययन भइरहेकाले सबै कुरा भन्न नमिल्ने प्रवक्ता गोइतले बताए ।

    सिनामंगल डिपो प्रमुख श्रेष्ठको कार्यकक्षमा पासवर्डसहितको दराजमा उक्त मास्टर कि राख्ने गरिएको थियो । त्यहाँ रहने दुईमध्ये एउटा मास्टर कि हराएको हो ।प्रत्येक ट्यांकरको ताला खोल्न अलग–अलग साँचो हुने भए पनि हराएको भनिएको मास्टर किले भने सबै ट्यांकरको ताला खुल्ने निगमले जनाएको छ ।साँचो हराएको ठाउँ कै अधिकारीलाई अनुसन्धान दायरामा राखेर छानविन भइरहेको निगमले जनाएको छ । ०७४ चैत १ गतेदेखि तेल चोरी गर्न नमिल्ने लकिङ प्रणाली निगमले थालेको थियो । यसलाई चालकहरूले अहिले पनि विरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑