• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मधेस आन्दोलनका सहिद परिवार भन्छन्– दिएको जागिर पनि खोस्यो प्रदेश सरकारले

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०७६, मंगलवार १५:४९
  • २८५७५

    मधेश आन्दोलनका क्रममा सहिद भएका परिवारहरुलाई प्रदेश २ सरकारले दिएको जागिर खोसिएको छ। दुई महिनादेखि जागिर नभएपछि आफूहरु विचल्लीमा परेको उनीहरुले गुनासो गरेका छन्।मधेस आन्दोलनका क्रममा मधेसी दलका नेताहरुले सहिद परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति र रोजगारी दिने घोषणा गरेका थिए। तर प्रदेश सरकारले अहिले एउटा भैंसी र नगद २५ हजार दिएर टारिदिएको परिवारको भनाइ छ।सत्तामा पुगेपछि मधेसी नेताहरुले मधेस आन्दोलनका मुद्दा बिर्सिएको मात्रै नभई सहिदका परिवार र घाइतेलाई पनि वेवास्ता गरेको पीडित परिवार बताउँछन्।

    प्रदेश सरकारले दिएको रोजगारी दुई महिना नवित्दै खोसिएपछि वीरगञ्ज महानगरपालिका १६ इनरवाका सहिद धर्मराज सिंहका दाइ करणलाई परिवार चलाउन मुस्किल परेको छ।करण भन्छन् ‘अहिले दिएको जागिर पनि खोसियो, ५० लाखको साटो २५ हजार मात्रै दिएर टारियो।’ उनी साना तथा घरेलु उद्योग वीरगञ्जमा ६ महिनादेखि कार्यालय सहयोगी पदमा काम गर्दै आइरहेका थिए।प्रदेश २ मा मधेसी दलको सरकार बनेको दुई वर्ष पूरा भएको छ।  केही दिन अगाडि वीरगञ्ज महानगरपालिकामा आयोजित बलिदानी दिवस र सहिद सम्मान कार्यक्रममा प्रदेश सरकारले मधेसी सहिदका परिवारलाई २५ हजार रुपैयाँ नगद प्रदान गरेको थियो।करार सकिएका सहिद परिवारलाई काममा निरन्तरता दिन प्रदेश सरकारलाई म्याद थपका लागि आग्रह गरे पनि त्यहाँबाट निर्देशन नआएका कारण अहिले म्याद थप गर्न नसकिएको साना तथा घरेलु उद्योग वीरगञ्जका सूचना अधिकारी अशोक पाण्डेले बताए।

    वीरगञ्ज महानगरपालिका १६ नागवा गाउँका सहिद सोहन साह कलवारकी श्रीमती बिनिता गुप्ताको पनि गुनासो उस्तै छ। ‘वर्षमा एक दिन मञ्चमा बोलाएर च्यादर ओढाउँदैमा हाम्रो समस्या र पीडा सुल्झिँदैन’ उनले भनिन्।यसअघि संघीय सरकारले सहिद परिवारलाई १० लाख रुपैयाँ दिएको थियो। तर प्रदेश सरकारले भने ५० लाखको आश्वासन बाहेक कुनै सहयोग नगरेको परिवारको भनाइ छ।पर्सा क्षेत्र नम्बर १ का संघीय समाजवादी पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सहीद परिवारलाई ५० लाख दिने घोषणा गरेर नदिनु र दिएको रोजगारी पनि खोसिनु राम्रो नभएको बताए।‘प्रदेश २ मा मधेसी दलकै सरकार छ, अहिले सत्तामा हुँदा नदिए कहिले दिने होरु’ सांसद यादवले भने।

    ‘५० लाख दिन प्रदेश सरकार सक्षम छैन’
    प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले सहिदका परिवारलाई ५० लाख दिन प्रदेश सरकार आर्थिक रुपमा सक्षम नभएको बताए।‘आन्दोलनका बेला सहिद परिवारलाई ५० लाख दिने त भनियो तर दिने कसरी? प्रदेश सरकार आर्थिक रुपमा सक्षम नै छैन’ उनले भने।

    ११७ सहिद तर ५२ लाई मात्रै नगद
    पहिलो, दोस्रो र तेस्रो गरी तीन पटकको मधेस आन्दोलनमा मारिएका ११७ जनालाई सहिद घोषणा गरिए पनि बलिदानी दिवसमा ५२ सहिदका परिवारलाई मात्र प्रदेश सरकारले जनही २५ हजार रुपैयाँ प्रदान गरेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑