वीरगंज । इन्धनको मूल्य भारतमा भन्दा नेपालमा सस्तो हुँदा पर्साको ग्रामिण इलाकामा डिजल र पेट्रोलको तस्करी हुन थालेको छ । तस्करी बढेसँगै ग्रामिण क्षेत्रमा इन्धनको अभाव हुन थालेको छ ।नेपालमा प्रतिलिटर २० देखि २२ रुपैयाँसम्म सस्तोमा डिजल र पेट्रोल पाउने भएपछि सीमा क्षेत्रमा इन्धनको तस्करी बढेको हो । अहिले नेपालमा डिजल प्रतिलिटर ९५.५० रपैयाँ रहेको छ भने पेट्रोल १०६.५० रुपैयाँ रहेको छ । सीमावर्ती क्षेत्र भारतमा भने डिजल र पेट्रोल दुवैको मूल्यमा नेपालमा भन्दा प्रतिलिटर २०÷२२ रुपैयाँ बढी रहेको स्थानीय बताउँछन् ।
मंगलबार बिहान बी.आर.२२ एन ७८८५ नम्बरको मोटरसाइकलमा अवैध रुपमा भारत तर्फ लगिरहेको १२० लिटर डिजल धोबिनि गाउँपालिका–५ स्थित आवस्बारी प्रहरी चौकीका इन्चार्ज बिरेन्द्र साहले जानकारी दिए । प्रहरीलाई देख्ने वितिकै तस्करहरुले बाटो मे पेट्रोल छाडेर फरार भएको उनले बताए । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्दकुमार सिंहले फरार भएका तस्करहरुको खोजी भइरहेको जानकारी दिए ।यता, स्थानीयहरुले भने तस्करहरुले प्रहरीसँग सेटिङ मिलाएर दैनिक ठूलो परिमाणमा डिजल र पेट्रोल भारततर्फ निकासी गर्ने गरेको बताएका छन् ।
सार्वजनिक सवारीसाधानको भाडा बढ्यो
तस्करी बढेसँगै इन्धनको अभाव हुन थालेपछि ग्रामिण क्षेत्रमा सञ्चालित सर्वाजनिक सवारीसाधानहरुले भाडा बढाएका छन् । वीरगंजदेखि ग्रामिण क्षेत्रमा सञ्चालित सवारी–साधानहरु अटो, टेम्पो, इ–रिक्साहरुले दोब्बर बढी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । वीरगंजदेखी पोखरिया सम्म बसको भाडा ३५ रुपैयाँ रहेको छ । तर, अटोहरुले भने ६० रुपैयाँ लिने गरेको छ । यस्तै अटोमा पोखरिया देखी लङगडीसम्मको भाडा ४० रुपैयाँ र भिस्वा सम्मको भाडा ७० रुपैयाँ रहेको छ भने पोखयिादेखी भिस्वा सम्मको बसको भाडा ३० रुपैयाँ रहेको छ ।
अटो, टेम्पो, इ–रिक्साहरुले मनलाग्दी भाडा असुल्दा पनि प्रहरी प्रशासन मौन बस्ने गरेका छन् । एकातिर चर्काे भाडा र अर्काेतिर क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम समेत बढेको छ । ब्लुबुक, लाइसेन्स बिना नै सवारी चलाउने गरेको र दैनिकजसो दुर्घटना हुने गरेपनि प्रहरी टुलुटुलु हेरेर मात्र बस्ने गरेको स्थानीयले बताएका छन् ।जनताको जीवनमाथि नै खेलवाड गर्ने यस्ता सवारीसाधानहरुलाई कारवाही गर्नुको सट्टा प्रहरीले मोटो रकम असुलेर छाड्ने गरेको स्थानीयको आरोप छ ।प्रहरीको साथ र सहयोग विना तस्करी हुन नसक्ने भन्दै स्थानीयहरुले आक्रोश व्यक्त गर्न थालेका छन् ।शैलेस गुप्ता