• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    टिक्दैनन् लेखापाल, आर्थिक प्रशासन ठप्प

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०७६, मंगलवार १५:३१
  • ९०९३

    जनकपुरधाम | धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा लेखापाल नहुँदा आर्थिक प्रशासन ठप्प भएको छ। उपमहानगरको खाता सञ्चालनमा समस्या आएको छ। स्वास्थ्य र शिक्षा शाखाका हजारभन्दा बढी कर्मचारीले पाँच महिनादेखि तलबै पाएका छैनन्। सामाजिक सुरक्षा भत्ता वितरण रोकिएको छ भने विकास निर्माणमा असर परेको छ। गत आर्थिक वर्ष विभिन्न शीर्षकमा खर्चिएको ७ करोड बजेटको भुक्तानी हुन सकेको छैन।

    यहाँ एक लेखा अधिकृत र दुई लेखापालको दरबन्दी छ। एक जना लेखापाल धीरेन्द्र झा भने कार्यरत छन्। उपप्रमुख रीताकुमारी मि   श्रका पति भएका कारण उनले खाता सञ्चालन गरेका छैनन्। संघीय सरकारबाट समायोजन भएर आएका लेखा अधिकृत नगर प्रमुख लालकिशोर साहसँग तालमेल मिल्न नसक्दा फर्किने गरेका छन््। केही कर्मचारीका अनुसार समायोजनबाट आएकाभन्दा पनि आफैंले भर्ना गरेका ‘आज्ञाकारी’ कर्मचारी चाहिएकाले लेखाका कर्मचारीलाई नगर प्रमुख साहले टिक्न दिएका छैनन्।

    लेखा अधिकृत सीमा झा गत चैतामा हाजिर हुन आएकी थिइन्। उनी एक–दुई दिन मात्र कार्यालय आएर अर्कै जिल्ला सरुवा गएको लेखा शाखाका कर्मचारी बताउँछन्। चैतमै अर्का लेखा अधिकृत ताराप्रसाद निरौला उपमहानगरपालिकामा आएका थिए। एक महिना हाजिर भए पनि उनले खाता सञ्चालन गरेनन्।

    ‘हामीले उहाँलाई चैतमा खाता सञ्चालन गर्न आग्रह गरेका थियौं’, लेखा शाखाकै एक कर्मचारीले भने, ‘तर, उहाँले चैत महिना शुभ हुँदैन भनेर वैशाखमा खाता सञ्चालन गर्ने भन्नुभएको थियो। वैशाख पहिलो सातामै रवाना लिएर उहाँले कार्यालय छाड्नुभयो।’

    समायोजनमा आएका कारण उनले नगर प्रमुख साहको मनपर्दी खर्चको भुक्तानी गर्न अस्वीकार गरेको स्रोत बताउँछ। जनप्रतिनिधिसँग कुरा नमिलेकै कारण निरौला फर्किएको कर्मचारीको दाबी छ।

    लेखा अधिकृत नहुँदा लेखापाल दिनेश चौधरीले खाता सञ्चालन गरिरहेका थिए। तर, नगर क्षेत्रमा जडान गरिएको सडक बत्ती खरिद अनियमितता प्रकरणमा परेपछि उनी निलम्बनमा छन्। उनी भदौमा निलम्बन भएदेखि उपमहानगरपालिकामा लेखापालको समस्या भएको निमित्त प्रशासकीय अधिकृत मेहिलाल यादव बताउँछन्। ‘लेखापाल नहुँदा उपमहानगरपालिकाको कामकाज सञ्चालनमा गाह्रो भएको छ’, उनी भन्छन्, ‘हामीले कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) जनकपुरसँग लेखापाल माग गरेका छौं।’

    उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत धर्मानन्द जोशीले गत साउनमा कोलनिकासँग लेखापाल माग गरेका थिए। त्यहीअनुसार आशुतोष ठाकुर लेखापाल र हीरामन यादव सहलेखापाललाई उपमहानगरपालिकामा खटाइएको थियो। उनीहरूले असोज, कात्तिक र मंसिरमा खाता सञ्चालन गरी केही कर्मचारीलाई तलबसमेत खुवाए। उनीहरू पनि तीन महिनादेखि आउन छाडेका छन्।

    उनीहरूले नटेरेको भन्दै नगर प्रमुख साहको दबाबमा निमित्त प्रशासकीय अधिकृतले दुवै जनालाई फिर्ता पठाएको भनी कोलेनिका जनकपुरलाई पत्राचारसमेत गरेको खुलेको छ। जुन नियमसंगत नभएको निमित्त प्रशासकीय अधिकृत यादव स्वीकार गर्छन्। ‘जुन कार्यालयले कर्मचारी खटाउँछ उसले नै फिर्ता पठाउने अधिकार छ’, उनी भन्छन्, ‘तर, हामीले फिर्ता पठाउने पत्र लेखेर गल्ती ग¥यौं।’

    नगर प्रमुख साहले आयुर्वेद शाखामा वैद्य पदमा कार्यरत आशेश्वर महासेठका नाममा खाता सञ्चालन गर्न कोलेनिकालाई आग्रह गरेका थिए। त्यसलाई नियमसंगत नभएको भन्दै उसले अस्वीकार गरेको छ।

    लेखापाल झा उपप्रमुखका पति भएका कारण उनका नाममा खाता सञ्चालन गरिएको छैन। ‘यहाँ म आफैं जनप्रतिनिधि छु, यस्तोमा खाता सञ्चालन श्रीमान्का नाममा हुँदा केही माथि–तल भयो भने बदनामी मात्रै हुन्छ’, उपप्रमुख मि श्र भन्छिन्, ‘उनीबाहेकका लेखापाल पठाउन महालेखा परीक्षकको कार्यालयलाई अनुरोध गरेकी छु।’

    नगर प्रमुख साह संघीय सरकारले स्थानीय तहलाई पछि पार्न कर्मचारी नपठाएको आरोप लगाउँछन्। भन्छन्, ‘प्रदेश २ का उपमहानगरपालिकालाई पछि परेको देखाउन लेखामा कर्मचारी पठाइएको छैन।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑