• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पर्साको सिर्सिया खोलामा उद्योगको ढल, बग्दा सिर्सिया खोलाको पानी पूरै कालो

  • वीरगंज संजाल
  • १२ फाल्गुन २०७६, सोमबार १२:१९
  • ५७६९

    वीरगन्ज  । पर्साको सिर्सिया खोलामा हेलिएर वीरगन्जका अधिवक्ता सुरेन्द्र कुर्मी पौडी खेल्न सिपालु भए । वीरगन्जस्थित रमगढवाका कुर्मीलाई सिर्सिया खोलामा अहिले पनि पौडिन मन लाग्छ । तर, उनको जाँगर खोलाको कालो न कालो पानीले मारिदिन्छ ।

    बाल्यकालमा सिर्सियामा घन्टौं पौडी खेल्ने उनलाई सिर्सियाको प्रदूषित पानीले निराश बनाएको छ । त्यसैले दुई वर्षयता सिर्सिया खोला सफाइ अभियान नै थालेका छन् । त्यससँगै वीरगन्ज प्रदूषणमुक्त अभियानलाई पनि जोडेका छन् ।

    सिर्सिया खोला प्रदूषणको आरोपमा गत कात्तिकमा एक छाला उद्योगका व्यवस्थापक तथा प्रबन्धक गरी दुई जनालाई प्रहरीले पक्राउ गर्‍यो । त्यसपछि खोलाको पानी संग्लिने आशा बढेको थियो । तर, त्यसको दुई साता नबित्दै खोलामा फेरि कालो पानी बग्न थाल्यो । व्यवस्थापक र प्रबन्धक नै पक्राउ परेपछि खोलामा मिसाइएको उद्योगको ढल बन्द त भयो । तर, घटना सामसुमपछि फेरि पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगले फोहोर पानी मिसाउन थाले ।

    ‘सिर्सियाको पानी सफा बनाउनैपर्छ,’ कुर्मीले भने, ‘खोलाको पानी दूषित हुँदा समाजलाई नै असर परेको छ । आउँदो पुस्ताका लागि पनि खोला सफाइलाई निरन्तरता दिनुपर्छ ।’ तीन दशकयता यो खोला प्रदूषणको चपेटामा परेको हो । खोलाको पानी मानव तथा चौपायाका लागि प्रयोगयोग्य छैन । खोलाको कालोपानीले सिँचाइ पनि सम्भव छैन । खोलामा धार्मिक परम्पराअनुसार पूजापाठ गर्न र मृत्युमा अन्त्येष्टि संस्कार गर्नसमेत अप्ठेरो छ । बाराको सिमरास्थित रामवनबाट निस्केको खोला करीब ३ किमी दक्षिण बगेपछि प्रदूषित हुन थाल्छ । वीरगन्जसम्म बग्दा त खोलाको पानी पूरै कालो भइसक्छ ।

    सफाइ अभियानले पुस १७ गते वीरगन्जको घण्टाघरमा धर्नासमेत थालेको थियो । त्यसअघि हस्ताक्षर संकलन, सर्वदलीय सर्वपक्षीय भेला, प्रदूषणको कारक ५१ उद्योगविरुद्ध जिल्ला अदालतमा मुद्दा लगायतका दबाबमूलक अभियान थालिएको थियो । तर, लामो समयको जनदबाबले पनि सिर्सिया खोला प्रदूषणमुक्त हुन सकेको छैन । अभियानका सचिव वृजेश्वरप्रसाद चौधरीले सिर्सिया खोला सफाइका लागि साताभित्रै संघर्षको अर्को कार्यक्रम तय गरिने बताए ।

    पर्सा–बारा औद्योगिक कोरिडोर भएर बग्ने क्रममा सिर्सिया खोलाले यहाँका उद्योगहरूबाट छोडिएको प्रदूषित पानी र रसायन लिएर भारतमा प्रवेश गर्दा भारतीय पनि आजित छन् । वीरगन्ज नजिकको भारतीय सहर रक्सौलका स्थानीयले समेत यो खोलाको प्रदूषण नियन्त्रणका लागि महाअभियान चलाएका छन् । Yatradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑