• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    दुर्घटनाबाट जनकपुरमा मात्रै हरेक महिना पाँचजनाको मृत्यु

  • वीरगंज संजाल
  • १२ फाल्गुन २०७६, सोमबार ११:२४
  • ४७१५

    जनकपुरधाम | धनुषामा दुर्घटना न्यूनीकरण गर्न चुनौती देखिएको छ। दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सचेतना अभियान चलाए पनि प्रभावकारी देखिएको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्षको सात महिनामा विभिन्न सवारी दुर्घटनामा ३५ जनाको ज्यान गुमाएका छन्। तथ्यांकले हरेक महिना ५ जनाले ज्यान गुमाइरहेको देखिन्छ।

    विगतमा पनि हरेक वर्ष ६० जनाले दुर्घटनामा ज्यान गुमाए। अहिले पनि त्यही दुर्घटनामा ज्यान गुमाउनेको अनुपात त्यही छ। ट्राफिकको तथ्यांकअनुसार विभिन्न सवारी दुर्घटनामा साउनमा ६ जना, भदौंमा ४ जना, असोजमा ३ जना, कार्तिकमा ६ जना, मंसिरमा ७ जना, पुसमा ५ जना र माघमा ३ जनाले ज्यान गुमाएका छन्। यस्तै, फागुनमा पनि हालसम्म १ जनाको ज्यान गएको छ।

    सात महिनामा करिब ५० जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी इन्चार्ज तथा प्रहरी निरीक्षक पशुराम घिमिरेले मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनेको संख्या अधिक रहेको बताए।  उनका अनुसार करिब ७० प्रतिशत व्यक्तिको मोटरसाइकल दुर्घटनामा मृत्यु हुने गरेको छ। मापसे गरी सवारी चलाउने, हेलमेट नलगाउने, तीन जना चढ्ने र तीव्र गतिमा चलाउने जस्ता कारण मोटरसाइकल अत्यधिक दुर्घटनामा हुने गर्छ।

    यस्तै, ट्याक्टर दुर्घटनामा पनि ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ। ट्याक्टर कृषि प्रयोजनका लागि मात्र प्रयोग गर्ने सवारी हो। तर ट्याक्टरमा समेत यात्रु बोक्ने चलन छ। विशेषगरी मेला र धार्मिक कार्यक्रममा गाउँघरका व्यक्ति ट्याक्टर भाडा गरेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने गलत प्रवृत्ति देखिएको ट्राफिक प्रहरी बताउँछन्। ट्याक्टरमा यात्रु ओसार्न नहुने भन्दै गाउँगाउँमा गएर सचेतनामूलक कार्यक्रम सुरु गरिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।

    उनले ट्याक्टरमा यात्रु बोक्दा कारबाही सँगसँगै स्थानीय तहमा पुगेर जनप्रतिनिधिसँग सहकार्य गरी ट्याक्टर दुर्घटना न्यूनीकरण गर्ने प्रयास गरिरहेको समेत बताए। चेतनाको अभाव र थोरै पैसा लाग्ने भनेर गाउँघरमा ट्याक्टर भाडा गर्ने चलन बढ्नुले दुर्घटना हुने गरेको उनको भनाइ छ। मापसे चेकजाँच सुरु पछिल्लो समय जनकपुरधाममा मापसे गरी सवारी चलाउने प्रवृत्ति बढेको छ। विगत केही दिनदेखि ट्राफिक प्रहरीले मापसे चेकजाँच अभियान पनि थालेको हो।

    विगत चार दिनमै करिब ६० जना मापसे गरी सवारी चलाउने व्यक्ति कारबाहीमा परेका छन्। प्रहरी निरीक्षक घिमिरेले ठाउँ परिवर्तन गरी नियमित रूपमा मापसे चेकजाँच सुरु गरिएको जानकारी दिए। उनले मापसे गरी सवारी चलाउनेमा बढी पढेलेखेका व्यक्ति पक्राउ पर्ने गरेको सुनाए। उनले भने, ‘मापसे गरी सवारी चलाउनेलाई नियन्त्रणमा लिएर १ घण्टाको ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कक्षा दिएर मात्र छाड्ने गरेका छौं।

    ’ यस्तै, जनकपुरधाममा छाडा चौपायाका कारणसमेत दुर्घटना भइरहेको भन्दै ट्राफिक प्रहरीले छाडा चौपाया नियन्त्रणमा लिएरसमेत कारबाही थालेको छ। चार दिनमा करिब दुई दर्जन छाडा चौपायालाई निन्यत्रणमा लिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए। जनकपुरमा छाडा चौपायाको आतंक जनकपुरमा छाडा चौपायाको आतंक देखिन्छ। जसले गर्दा पटक–पटक दुर्घटना भइरहेको छ। छाडा चौपाया आतंक मच्चाएको गुनासोपछि ट्राफिक प्रहरीले कारबाही अभियान चलाएको छ।

    प्रहरी निरीक्षक घिमिरेले जनकपुरको सडकबाट तीन दिनमा करिब ३ दर्जन बढी छाडा चौपायालाई नियन्त्रणमा लिएर कारबाही गरिएको बताए। उनले भने, ‘जनकपुरधाम उपमहानगरको सहकार्यमा छाडा चौपाया नियन्त्रण अभियान चलाएका छौं। चार/पाँच दिनमै छाडा चौपायाको आतंक धेरै कन्ट्रोल भएको छ।’ Thahakhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑