• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बुहारीसँग अनैतिक सम्बन्ध राख्ने बाबुको छोराद्वारा हत्या

  • वीरगंज संजाल
  • १२ फाल्गुन २०७६, सोमबार ११:११
  • ९१५९

    रौतहट |  रौतहटको दुर्गा भगवती गाउँपालिकामा डेढ साताअघि यहाँ भएको बुबाको हत्याको घटनामा छोराको संलग्नता रहेको खुलेको छ । बुहारीसँग अनैतिक सम्बन्ध राखेको फेला पारेपछि छोराले बाबुको हत्या गरेका हुन् । प्रहरीले बुवाको हत्या गरेको भन्दै छोरालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ ।

    रौतहटको गौरस्थित जिल्ला प्रहरी कार्यालयमा सोमबार बुबाको हत्यामा संलग्न राजकुमारलाई सार्वजनिक गरिँदै । गत माघ २८ गते बिहान राजकुमार पण्डित कुम्हारले आफनै बाबु ७० वर्षीय फेकन पण्डितको गत हतौडा र धारीलो हतियारले विभत्स हत्या गरेका हुन्। केही समय देखि बुबा र आफ्नै श्रीमतीबिचको सम्बन्धबारे राजकुमारले थाहा पाएका थिए। त्यही कारण घर नजिक रहेको गोठमा सुतेका बुबालाई धारिलो हतियार प्रहार गरी छोराले हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खडकाले बताए।

    ‘अनुसन्धानको क्रममा छोराको संलग्नता पायौं,’ उनले भने, ‘उनले बुबाको हत्या गरेको स्वीकारेका छन्। बुबाको किन हत्या गरे भन्ने अनुसन्धानबाट खुल्दै जान्छ।’ प्रहरी स्रोतका अनुसार राजकुमारका श्रीमती र बुबाबिच केही समयदेखि अवैध सम्बन्ध थियो। राजकुमारले सम्बन्धबारे थाहा पाइसकेका थिए।

    साताको चार दिन मृतक ससुराले बुहारीलाई गोठमै बोलाउँथे। श्रीमान राजकुमार सुतेको मौका छोपी ससुरा भएको स्थानमा जान्थें। घटना भएको बिहान श्रीमती ओछ्यानमा नदेखेपछि राजकुमार सिधै गोठमा पुगे। त्यही दुवैलाई भेट्टाएपछि उनले नजिक रहेको हतौडाले बुबाको टाउकोमा प्रहार गरे। त्यसपछि हल्ला गरे ठीक नहुने भनेर श्रीमतीलाई धम्क्याए।

    बुबाको हत्यापछि राजकुमारले नै गाउँलेलाई गुहारेका थिए। बुबामाथि आक्रमण भयो भनेर उनले गाउँलेलाई खबर गरेपछि प्रहरी पुगेको थियो। त्यतिखेरसम्म कसले हत्या गरेको भन्ने खुलेको थिएन। प्रहरीले तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान थालेको थियो। त्यसबेला पनि कुकुरले राजकुमारलाई झम्टेको थियो। त्यहाँ केही शंका गरिएपनि हत्या भएको परिवारकै सदस्यलाई अनुसन्धानको दायरमा ल्याउन तत्काल समस्या नभएको एसपी खड्काले बताए।

    एसपी खड्का अनुसार अनुसन्धान गर्दै जाँदा बिहान ३ बजे बुहारी–ससुरा सुतेको स्थानमा किन गयो भन्ने चासोको विषय भएकाले त्यही कोणबाट सोधपुछ थाल्यौं। त्यसपछि पोल खुल्न थाल्यो। प्रहरीले राजकुमारलाई तत्कालै नियन्त्रणमा लिएको थियो। उनकै बयान अनुसार बुवा र श्रीमतीबिचको अवैध सम्बन्धका कारण हत्या गर्नुपरेको खुलेको छ।

    जिल्ला प्रहरीका डीएसपी नविन कार्कीले राजकुमार उपर ज्यान सम्बन्धी मुद्दा दर्तागरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाइ थप अनुसन्धान सुरु गरिएको जनाए। पिपरा बजारमा किराना पसल गरेर बसेका राजकुमारले बाबु र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशंकामा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको भनाइ छ। Thenepaltop

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑