• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज ग्याल्पो ल्होसार

  • वीरगंज संजाल
  • १२ फाल्गुन २०७६, सोमबार ०७:२६
  • ६४३१

     वीरगंज | हिमाली क्षेत्र आसपासमा माटोहरुलाई खोस्रदै, चौरी पाल्ने अनि मौसमसँग पौंठेजोरी खेल्ने हिमाली चिसो स्याँठ मा हुर्कीएका शेर्पा लगायत अन्यउच्च भू(भागमा वसोवास गर्ने वौद्धमार्गी समूदाय आज ग्याल्पो ल्होसार मनाँउदै छन् । देवकोटाको मुनामदनको कथा देखि सरुभक्तकोथाङ्गलासम्म, अनि विभिन्न विदेशी चलचित्रहरुः क्याराभान, दुईवर्ष अघि प्रदर्शनमा आएको अङ्ग्रेजी भाषामा नेपालमा छायाङ्कन गरिएकोचलचित्र एभरेष्ट जस्ता विश्व प्रसिद्ध चलचित्रहरु हिमाली भू(भाग अनि जीवनशैलीका प्रतिरुपहरु हुन् । संसारको शिरभाग अर्थात् हिमालवरपर हिमशयलको देश नेपालमा आज प्रकृती अनि हिमाल लगायत समग्र मानवता अनि शान्तिको कामना गरिंदै रङ्गीविरङ्गी झण्डा अनिध्वजा पताकाहरु अनि तिनमा अङ्कित शान्ति छर्ने मन्त्रहरु हिमालका तिनै चिसो हावाले दिने गतिकासाथ फहराउने छन् । ल्हो अर्थात बर्ष अनि छार अर्थात नयाँ, यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ । हुन त यो ग्याल्पो ल्होसार कुनै समूदाय विशेषसंग मात्र सम्बन्धित चाड त हैन्, एउटा साझा उत्सर्गको साटासाट हो आज।

    नेपालको हिमाली क्षेत्रमा वसोवास गर्ने शेर्पा समूदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समूदायले ल्होसार शुरु हुनु एकमहिना अघि नै आ(आफ्नो घर रङ्ग्याउने, फोहेरहरु फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनिहरुले सम्बोटा लिपिलार्इ सेतोपिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकुु भन्ने वाक्यांश र अष्टमङ्गलका चिन्हहरुले घर सजाउने गर्दछन् ।

    तिनप्रकारका ल्होसारहरु मध्य हिमाली समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ, तथापि यस ल्होसारमा अन्यसमुदायहरुको पनि उत्कृष्ट समभाव अनि सक्रियता पाईन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङी अनि मनाङी लगायत अन्य धेरै समूदायकोयो एउटा साझा ल्होसार हो ।

    आजको ल्होसारको सबैभन्दा महत्वपूर्ण कुरा भने खाप्से हो । मैदाको पिठोबाट बनाईएको एकप्रकारको यो मिठाई आजको दिन विशेष परिकार हो, खाप्से खान नभुल्नु होला नि । हिमाली हावापानीको कुशल आंकलन गरेर आजका दिन उम्रिने गरि गहुँको बिउँ छरिएको हुन्छ, जसलाई लोपूलु भनिन्छ, यसरी उम्रिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ वालीकारुपमा लिईन्छ । यस वर्षभरि हिमालकोहावापानीले हाम्रा हिमाली दाजुभाई अनि दिदिवहिनीलाई साथ दिनेछन्, यी लोपूलहरुले सबैको कल्याण गरुन ।

    ल्होसारको यस विशेष साँझमा खाइने एउटा विशेष परिकार जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारीएको हुन्छ त्यसलार्इ गुथुकु भनिन्छ । यो परिकारलार्इ आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेरखाने गर्दछन् । गुथुक पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्लाबेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेरपकाइएको हुन्छ । उक्त गुथुकको डल्लालाई खाने बेलामा कसको गुथुकभित्र के पर्यो भनेर सबैले खोलेर हेर्दछन् । जसमा सेतो कपडाको टुक्रापर्यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धन सम्पत्ति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, कोइला परेमा कपट स्वभावको हुने, घ्यू परेमा चिप्लो बोल्ले स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरु सफल हुने मान्यता शेर्पासमूदायमा रहेको छ ।

    आङ्गन अनि घरको छत लगायत गुम्बा अनि चैत्यहरुमा भएका पुराना ध्वजाहरुलाई आज परिवर्तन गरिन्छ । हिमालका हावाहरुले मन्त्र लेखिएका यी कपडाका ध्वजाहरुलाई हल्लाउदा एउटा अदभूत सङ्गीत भर्दछ । यी झण्डाहरुले संसारभरी शान्तिको एउटा अद्वितीय कामनाअभिव्यक्त गर्दछन् । यस्ता झण्डाहरुका बारेमा केही थप जानकारी प्रस्तुत गर्यौं । लामो लठ्ठी या आडमा राखिएका एकनाशको तलदेखिमाथीसम्मको एउटै झण्डालाई दार्चोर भनिन्छ । अनि लामो डोरीहरुमा ससाना चारकुने झुण्डाइएका झण्डाहरुलाई भने लगंता भनिन्छ, तिब्बतियन भाषामा यसको अर्थ हवाई घोडा हो ।

    एक किंवदन्ती अनुसार भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरुबीच लडाइँभईरहेको थियो । तर लडाँईमा देवताहरू असुरसंग पराजित हुन्छन् । त्यहिबेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन ुभगवान इन्द्रु कामाध्यमबाट विजय शक्ति मन्त्र अर्थात ग्याल्जेन चेमु दिन्छन् । त्यहि मन्त्रको प्रभावले देवताहरूले असुरहरुलाई पराजित गर्छन् । यसैविश्वासका आधारमा शेर्पा समूदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाङ्गने प्रचलन सुरु भएको मानिन्छ ।

    ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ, तर दुवैको अर्थ भने एकै हो । आज नयाँ लुगा लगाउने र पानीका मुहानहरुमा गएरनाग देवताको पूजा गर्ने गरिन्छ । पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवतालाई चढाउने गरिन्छ । साथै यस अवसरमा मिठोमसिना खानेकुराहरु खाई नाचगान गर्दै रमाइलो गरिन्छ । यो चाड नेपाल सहित चीन, मङ्गोलिया, बर्मा सिक्किम, भुटान लगायतका देशमापनि मनाइन्छ । ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले आज सरकारले सार्वजनिक विदा दिएको छ ।

    खाप्सेको स्वादझै गज्जब अनि ध्वजाहरुजस्तै शान्त र रङ्गीन हाम्रो जीवनमा शान्ति अनि सद्भावले यस वर्ष बास गरोस्, ग्याल्पो ल्होसारको शुभकामना

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑