दोषीलाई कारवाही गर्न कर्मचारी एसोसिएसद्धारा ज्ञापनपत्र
वीरगंज संजाल
११ फाल्गुन २०७६, आईतवार २२:३१
५१८९
बारा । नेपाल नगरपालिका कर्मचारी एसोसिएसन महागढीमाई नगरपालिका ईकाई बाराले कर्मचारीलाई कुटपिट गर्नेलाई कारवाहीको मांग गर्दै ज्ञापनपत्र बुझाएका छन ।
कर्मचारी एसोसिएसनले जिल्ला प्रशासन कार्याल बाराका प्रशासकिय अधिकृत ओमबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका हुन । नगरपालिकामा कार्यरत ट्रैक्टर चालक साहेब प्रसाद यादवलाई नगरपालिकाको कामकाजले खटाईएको कामकाज सम्पन्न गरी नगरपालिकामा राख्न जांदा २०÷२५ जनाको समुहमा आएकाहरुले यादवमाथि सांघातिक रुपमा गरेको हमलाको छानबिन गरी दोषीलाई कारवाही गर्न मांग गरेका छन ।
ट्रैक्टर चालक यादवमाथि भएको सांघातिक हमलाले नगरपालिकाको कर्मचारीहरुमा डर, त्रास, र भय सृजना भई कामकाज गर्ने समेत वातावरण नभएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । कामकाज गर्ने वातावरण नभएकोले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न कर्मचारी एसोसिएसनले मांग गरेको छ ।
दोषी माथि कारवाही नभए थप आन्दोलनका कार्यक्रम समेत गरिने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । कर्मचारी एसोसिएसनका सचिव रामविश्वास प्रसाद चौरसिया, निमित प्रशासकिय अधिकृत विजय कुशवाहा, प्रशासन शाखा प्रमुख गणनायक ठाकुर लगायत नगरपालिका कर्मचारी, नगर प्रहरीहरुको सहभागिता रहेको थियो ।