वीरगंज । विश्वकै ठुलो टेक कम्पनी गुगललाई बालबालिकाहरुमाथि जासुसी गरेको आरोप लागेको छ ।अमेरिकाको न्यू मेक्सिको राज्यका अर्टनी जनरलले गुगलले गैरकानुनी तरिकाले स्कुलका बच्चाको जानकारी जुटाईरहेको आरोप लगाउदै गुगलविरुद्ध मुद्धा दायर गरेका छन् ।आरोपमा गुगलले बालबालिकाले कस्तो साइट हेर्छन, उनीहरुको मन पर्ने भिडियो के हो ? भन्ने जस्ता जानकारी हासिल गरिरहेको आरोप लगाइएको छ । साथै गुगलले बालबालिकाका सम्पर्क नम्बर र पासवर्डको बारेमा समेत जानकारी लिएको आरोप लगाइएको छ ।
अर्टनी जनरलले गुगलले न्यूमेक्सिकोमा ६० प्रतिशतभन्दा बढी बालबालिकाको पढाइका लागि क्रोमबुक, जी-सुट सुबिधा नि: शुल्क दिने गर्दछ । यस अन्तर्गत जीमेल, क्यालेन्डर, ड्राइभ, डक्स जस्ता सुबिधा समेत प्राप्त हुने गरेको छ ।मुद्धामा भनिएको छ की १३ बर्ष भन्दा कम उमेरका बालबालिकाले प्रयोग गर्ने इन्टरनेटका लागि माता पिताको आवश्यक स्वीकृतिको नियमलाई गुगलले उलंघन गरेको छ । साथै बच्चाको अनलाइन गोपनियता संरक्षण नियमको समेत उलंघन गरेर व्यावसायिक उद्धेश्यका लागि डाटा जुटाईरहेको छ ।
यसैबीच गुगलका प्रवक्ता जोस कास्टनेडले आरोपलाई गलत भन्दै आफ्ना स्कुल अन्तर्गतका सबै कार्यक्रमलाई नियन्त्रण गर्ने अधिकार सम्बन्धित संस्थानहरुलाई दिने गरेको बताए । साथै उनले गुगलले प्राथमिक र माध्यमिक तहका बालबालिकाका जानकारी विज्ञापनका लागि नजुटाउने स्पष्ट गरेका छन् ।