• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    नयाँ पेट्रोलपम्पलाई फागुनभित्रै स्वीकृति दिइने

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०७६, आईतवार ०७:१७
  • ५४४३

    वीरगंज | नयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ ।दस महिनाअघि आवदेन लिएको नेपाल आयल निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पुर्‍याएको छ । निगमको छानबिन समितिले मापदण्डअनुसारका निवेदनको पहिचान गरिसकेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

    निगमले फाुगनभित्रै नयाँ पम्पको स्वीकृत दिने तयारी गरेको छ । प्रवक्ता गोइत भन्छन्, ‘हामीले छानबिन गरेर कार्यकारी निर्देशककोमा पठाएका छौँ, अब अन्तिम प्रक्रियामा छ, मापदण्ड पूरा गरेका र आवश्यकता रहेका स्थानमा सबैले स्वीकृत पाउने छन् ।’नयाँ पम्पका लागि एक हजार २५ व्यवसायीले आवेदन दिएका थिए । निगमले विशेषगरी काठमाडौँ उपत्यकाबाहिरका र ठूला तथा साना सहरोन्मुख क्षेत्रका लागि गत वैशाखमा आवेदन खुलाएका थियो । त्यसमा सबैभन्दा धेरै प्रदेश २ बाट ३४३ वटा आवेदन परेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशबाट २२ वटा मात्र छन् ।त्यस्तै प्रदेश १ बाट १८९, बाग्मती प्रदेशबाट १३१, गण्डकीबाट २७, प्रदेश ५ बाट दुई सय र सुदूरपश्चिम प्रदेशबाट ५६ वटा आवेदन परेका छन् ।

    निगमले चलिरहेका पम्पहरू केही सुधार गर्ने र दुई वर्षअघि आवेदन खुलाएको नमुना पेट्रोलपम्पको प्रावधान यथावत् राखी नयाँ पम्पका लागि नयाँ विनियमावली ल्याएर आवेदन खुलाएको हो । नेपालमा हाल एक हजार पाँच सय पम्प छन् । एक हजार २५ वटा नयाँ आवेदन परेका छन् । नयाँ सबैले इजाजत पाए भने पम्पको सङ्ख्या दुई हजार पाँच सय पुग्ने छ ।यसको औचित्यबारे प्रवक्ता गोइतले भने, ‘पाँच वर्षअघि पेट्रोल डिजेलको माग जति थियो अहिले त्यसको दोब्बर छ । हामीले पाँच वर्षमा खुला गरेका छौँ, सवारीसाधनको वृद्धि भएको छ ।’ उनले सहरोन्मुख गाउँका घरघरमा मोटरसाइकल रहेको तर पेट्रोल हाल्न सदरमुकाम आउनुपर्ने बाध्यता रहेको अवस्थामा पम्प सञ्चालनको सम्भावना र आवश्यकता महसुस गरी आवेदन खुला गरेको बताए।

    तर पेट्रोलियम व्यवसायीले भने यति धेरै पम्प थप्न नपर्ने जनाएका छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन राष्ट्रिय महासङ्घका अध्यक्ष लीलेन्द्र प्रधानले भइरहेका पम्पमध्ये ५६ प्रतिशतले पूरा कारोबार गर्न नपाएको बताउँदै अब हजार पम्प थपिँदा के हुन्छ ? भन्ने प्रश्न गरे। उनले बैङ्क र बीमा कम्पनी मर्जरमा गइरहेका बेला थप पम्पको औचित्य देखिएको बताए।तर आवश्यकता रहेका स्थानमा पम्प दिनुपर्ने उहाँले बताउनुभयो । निगमले हतारमा निर्णय गरेको र त्यसको भार उपभोक्तालाई पर्ने उनको दाबी छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑