वीरगञ्ज | वीरगञ्ज सद्भाव समितिले पनि हरेक साताको शनिवार वीरगञ्जमा निःशुल्क खाना खुवाउने गरेको छ। समितिका स्वयंमसेवीले सञ्चालन गरेको यो अभियानले अहिले त्यहाँका गरीव स्थानीयलाई सहज भएको छ ।वीरगञ्ज सद्भाव समितिले खुवाउने निःशुल्क भोजन सेवाबाट वीरगञ्जका गरीव स्थानीय लाभान्वीत भएका छन् । दैनिक मजदुरी गर्ने तथा महंगीको मारमा परेकाहरु साताको एक दिन भएपनी निशुल्क भोजन पाएकोमा खुशि छन् । निशुल्क वितरण हुने खाना मिठो र शुद्ध भएको स्थानीयको भनाई छ ।
अभियानमा गृहिणीहरुले पनि सहयोग गर्ने गरेका छन् । शनिवार स्थानिय महिलाहरु घरको काम चाडै सक्छन्, अनि सद्भाव समितिले प्रदान गर्ने सेवामा स्वयम् सेवकको रुपमा खट्न आउँछन् ।दिन भरी काम गर्ने तर हातमुख जोड्न समस्या हुनेहरुका लागि राहत स्वरुप वीरगञ्जकै ५÷६ जना समाज सेवीको सक्रियतामा तीन वर्षदेखि निरन्तर निःशुल्क भोजनको व्यवस्था गरिहेको छ ।यसरी देशका बिभिन्न स्थानमा चलेका न्युन शुल्कमा पाइने भोजन र निःशुल्क भोजनका बिषयमा सामाजिक सञ्जालमा पक्ष र बिपक्षमा तर्क भईरहन्छन् ।