• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनामुक्त क्षेत्र घोषणामा अन्योल

  • वीरगंज संजाल
  • १० फाल्गुन २०७६, शनिबार १०:०१
  • ४१७५

    काठमाडौं : चीनबाट उद्धार गरिएका नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड १९) नपाए पनि मुलुकलाई कोरोनामुक्त क्षेत्र घोषणामा अन्योल भएको छ। कोरोना भाइरसमुक्त क्षेत्रका रूपमा सन्देश प्रवाह गर्न संस्कृति, पर्यटन, नागरिक उड्डनयनमन्त्री योगेश भट्टराईले निर्देशन दिए पनि कार्यान्वयन भएको छैन। गत मंगलबार छलफल कार्यक्रममा मन्त्री भट्टराईले तीन दिनभित्र अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा सन्देशमूलक श्रव्यदृश्य प्रचार सामग्री तयार गरी सम्प्रेषित गर्न निर्देशन दिएका थिए।

    प्रचारात्मक सामग्रीलाई मन्त्रालय, विदेशस्थित नेपाली नियोग,नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष, २०२० को सचिवालय, पर्यटनसम्बद्ध निजी क्षेत्रका वेबसाइट तथा सामाजिक सञ्जालमा समेत राख्न दिएको निर्देशन कार्यान्वयन हुन सकेको छैन। चीनलगायत मुलुकबाट पर्यटक आवागमन संख्या घटे पनि स्वास्थ्य मन्त्रालयबीच समन्वय भएको छैन। सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोरोनामुक्त क्षेत्र घोषणा तयारीको विषयमा कुनै जानकारी नभएको बताए। उनले भने, ‘ २५ वटा मुलुकमा कोरोना भाइरसको संक्रमण देखा परेको छ। चीनबाट मात्र होइन भारत, अमेरिका, जापानबाट पनि संक्रमण आउन सक्छ। अहिले नै कोरोनामुक्त क्षेत्र घोषणा गरिहाल्न सकिँदैन।’ पर्यटकलाई आवागमनमा कुनै बन्देज नलगाइएको उनले बताए।

    चीनबाट आएका एक विद्यार्थीमा भाइरस संक्रमणको देखा परे पनि अहिले उनी स्वस्थ छन्। स्वास्थ्यसचिव खगराज बरालका अनुसार शंकास्पद व्यक्तिको स्वास्थ्य जाँच गर्दा सबैको भाइरस नेगेटिभ देखा परेको छ। ‘कोरोनाबाट डराउने स्थिति छैन। पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य हो’, उनले भने।

    अन्य मुलुकमा भाइरसको संक्रमण भइरहेकाले नेपालमा कुनै व्यक्तिलाई संक्रमण भइहालेको अवस्थामा अन्योल सिर्जना हुने भएपछि स्वास्थ्य मन्त्रालयले असहमति जनाएको छ। सचिव बरालले भने, ‘एक जनामा पनि संक्रमण देखियो भने असुरक्षित मुलुक रहेछ भन्ने देखिन सक्छ।’ नेपालले अपनाएको निगरानी, नियन्त्रण र रोकथामको विषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रशंसा गरेको सचिव बरालले बताए।

    डब्लुएचओले अन्तर्राष्ट्रिय यात्रा र व्यापारमा कुनै पनि प्रतिबन्धको सिफारिस गरेको छैन। माघ १६ गते स्वास्थ्य आपतकालीन घोषणा गरिएको थियो। फागुन ४ गते चीनको वुहानबाट उद्धार गरिएका १ सय ७५ नेपालीको नाक र घाँटीको स्वाव परीक्षण गर्दा भाइरस नेगेटिभ देखिएको छ। मन्त्रालयका प्रवक्ता श्रेष्ठका अनुसार क्वारेन्टाइनमा बसेको १४ औं दिनपछि पुनः सबैको नाक र घाँटीभित्रको स्वावको नमुना संकलन गरिने भएको छ। उद्धार गरिएका नेपाली भक्तपुर खरिपाटीको नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रस्थित क्वारेन्टाइनमा बसिरहेका छन्।

    कोरोना भाइरसका लक्षण 
    · ज्वरो आउने
    · रुघाखोकी लाग्ने

    · घाँटी÷टाउको दुख्ने

    · श्वाप्रश्वासमा समस्या आउने

    कसरी जोगिने ?

    · नियमित साबुनपानीले हात धुने

    · खोक्दा/हाच्छिउँ गर्दा नाक मुख छोप्ने

    · फ्लुको लक्षण पाइए चिकित्सकसँग परामर्श गर्ने

    · जंगली तथा घरेलु पशुपक्षको असुरक्षित सम्पर्कबाट टाढा हुने

    · पशुजन्य मासु/अन्डा राम्रोसँग पकाएर मात्र खाने

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑