मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुनेपनि योगपनि छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा सङ्का उत्पन्न हुनेछ । सामान हराउन सक्ने र मनमा दुविधा उत्पन्न होला । आर्थिक कारोवारमा मन्दी आउनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा मन जानेछ । नयाँ व्यक्ति संग भेटघाटको मौका बन्नेछ । साहित्यिक क्षेत्रमापनि रुची बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । साँझमा केही लाभमूलक काम चैँ सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अरुको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमणीय, सुखद् र धार्मिक यात्राको योगछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।