• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    पर्साका ग्रामीण बासिन्दा भारतीय ढिकेनुनमाथि निर्भर

  • वीरगंज संजाल
  • ९ फाल्गुन २०७६, शुक्रबार १७:५६
  • ४२०३

    पर्सा । नेपालमा आयोडिनयुक्त नुन अभियान सुरु भएको दुई दशक बितिसक्दा पनि पर्साका ५ प्रतिशत नागरिक अहिले पनि भारतीय ढिकेनुनमाथि निर्भर रहेका छन् ।  भारतीय सीमासँग जोडिएका पर्साको दुर्गम गाउँका बासिन्दामा प्रचारप्रसारको कमी तथा जनचेतनाको अभावका कारण भारतबाट आयात हुने कमसल नून प्रयोग गर्न उनीहरु बाध्य भएका छन् । विगत ७ वर्षअघि त्यस भेगका करीब ७५ प्रतिशत ग्रामीण बासिन्दा भारतमा निर्मित विभिन्न प्रकारको आयोडिन नभएको नून प्रयोग गर्ने गर्दथे तर अब साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश नं. २ कार्यालय वीरगञ्जले आयोडिन नूनको व्यापक प्रचारप्रसार गरेपछि पर्साका ९५ प्रतिशत नागरिकको भान्सामा आयोडिन नून प्रयोग हुन थालेका छन् ।

    ‘फेब्रुअरीलाई आयोडिन महिनाका रुपमा मनाउन थालेपछि यसको सकारात्मक प्रभाव पर्सा जिल्लाको अति दुर्गम गाउँसम्म पुगेकाले यसको प्रयोग कर्ता ह्वात्तै बढेको छ’, लिमिटेडका क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले भने, ‘जिल्लामा सर्वसाधारणको उपस्थित हुने ठाउँमा तुल–ब्यानरको प्रयोग, विद्यालयमा विद्यार्थीलाई यसको प्रयोगले हुने फाइदाबारे जानकारी, हाटबजार बसपार्कलगायत सार्वजनिक ठाउँमा प्रचारप्रसार, स्थानीय निकायमा रहेका स्वास्थ्य चौकीमार्फत प्रचारप्रसारमा जोड दिइएको छ ।’ जिल्लाभरि नै १२ वटा थोक बिक्रेतामार्फत आयोडिन नून पु¥याउने काम भइरहेको सो कार्यालयले जनाएको छ । सङ्घीय सरकारको मातहतमा रहेको साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले विगत ४ वर्षदेखि आयोडिन नूनको मूल्य बढाएको छैन् । तर दुर्गम गाउँमा रहेका खुद्रा व्यापारीले ढुवानी खर्चको नाममा प्रतिकिलोको प्रतिप्याकेट रु २५ सम्ममा बिक्री गरी ठग्ने कार्य भइरहेको गुनासो उपभोक्ताको छ ।

    थोक बिक्रेताले दुई बालबालिका चिह्न भएको आयोनून प्रतिप्याकेट रु १८ मा कम्पनीबाट खरिद गरी त्यही नून थोक बिक्रेताले अन्य व्यापारीलाई प्रतिप्याकेट रु २० मा बेच्ने गरेको र सोही नून ग्रामीण क्षेत्रसम्म पुग्दा रु २५ सम्ममा बिक्री हुने गरेको उपभोक्ता विजय पण्डितको भनाइ छ । चर्को मूल्यमा बिक्री हुँदा अहिले पनि सिमावर्ती क्षेत्रका पाँच प्रतिशत नेपाली नागरिक भारतका सस्तो तथा गुणस्तरहीन नून खान बाध्य रहेका छन् । दुई बालबालिका चिह्न भएको प्याकेटमा राखिएको आयोडिनयुक्त नून प्रयोग गर्दा गलगाँड रोग नलाग्ने, मानसिक र बौद्धिक क्षमताको विकास हुने, लाटो लठेब्रोपन नियन्त्रण हुने, पुनरुत्पादन क्षमताको विकास हुने, बाल मृत्युदर घटाउने तथा बालबालिकाको दिमागको ८० प्रतिशत विकास हुने भएकाले आयोडिनयुक्त नूनको प्रयोग शहरदेखि दुर्गम गाउँसम्म हुन थालेका छन् । चालू आवको माघ मसान्तसम्म सो कार्यालयले पर्सा, बारा, रौतहट र सर्लाहीमा गरी रु सात करोड ५० लाख मूल्य बराबरको ४० हजार २०० क्विन्टल तथा अघिल्लो आवमा रु १३ करोड मूल्य बराबरको ६९ हजार ३५४ क्विन्टल आयोडिनयुक्त नून बिक्री गरिसकेको छ ।–वीरेन्द्र कर्ण 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस
  • नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल
  • भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत
  • अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

    पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्यो

    शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीरगन्जका मेयर सिंह जनकपुरमा सम्मानित

    मुलुकलाई जोगाउँनका प्रधानमन्त्री ओलीको राजीनामा र अन्तरिम सरकार गठनको आवश्यक्ता छ : प्रभु साह

    समृद्ध नेपाल फाउण्डेसनद्वारा बाराको नकटुवामा निशुल्क आँखा शिविर

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    News

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    News

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    News

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    News

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑