• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    शिक्षक नहुँदा विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बञ्चित

  • वीरगंज संजाल
  • ९ फाल्गुन २०७६, शुक्रबार १५:३३
  • ३९५९

    रौतहट | चन्द्रपुर नगरपालिका–१० मा अवस्थित श्री प्राथमिक विद्यालय वलुवा मटिऔनमा दरबन्दी अनुसार शिक्षक नहुँदा विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बञ्चित हुने गरेको सरोकारवालाहरुले बताएका छन् ।नेपाल सरकारले तोकेको दरबन्दी ६ जना रहेको उक्त विद्यालयमा हाल तीन जना कार्यरत छन् । जसमध्ये एक जना राहत, एक जना बालविकासमा कार्यरत शिक्षिका र एक जना प्रधानाध्यापकले रहेका छन् ।

    विद्यालयमा दरबन्दी अनुसार शिक्षक नहुँदा विद्यार्थीहरुको जीवन अन्धकारमय बनिरहेको विद्यालयका प्रधानाध्यापक राजकुमार गुप्ताले बताएका छन् । प्रधानाध्यापक गुप्ताका अनुसार शिक्षक अभावले विद्यालयमा पूरा घण्टी पढाई हुन सकेको छैन । “अभिभावकले आफ्ना बालबालिकालाई घरपायक स्कुल छाडेर टाढा–टाढा पठाउन बाध्य छन् भने कति अभिभावकहरूले त स्कुलनै पठाउँदैनन्”–प्रधानाध्यापक गुप्ताले भने

    यस्तै समस्याबाट पीडित अभिभावक पल्टन पासवान भन्नु हुन्छ–“मेरो छोरा कृष्णनन्दन पासवान पाँच कक्षामा पढ्दा पढ्दै स्कुल जान बन्द गरीदिएँ, पूरा घण्टी पढाई हुँदैन, स्कुल समय बिताउन मात्र किन पठाउनु ? त्यसैले अब शिक्षक आएभने पठाउँछु नभए पठाउँदिन ।”स्थानीय ३७ वर्षीया जयमाला चौधरीका अनुसार दरबन्दी अनुसार शिक्षक नहुनाले बालबालिकाहरु नियमित स्कुल जान पाएका छैनन् र जानेहरु पनि समय बिताउने हिसावले गइरहेका छन् ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महादेव ठाकुरका अनुसार यस विषयमा जिल्ला शिक्षा समन्वय समिति गौरमा पटक–पटक गरी १५ पटकभन्दा बढि गुनासो राखेको र चन्द्रपुर नगरपालिका र वडा कार्यालयसँग पटक–पटक गरी पाँच पटकभन्दा बढी मौखिक लिखित सूचना तथा ०७६ कात्तिक २७ गते चन्द्रपुर नगरपालिकामा डेलिगेसन जाँदा पनि कुनै किसिमको सुनुवाई नभएको बताए ।

    यस विद्यालयमा हाल २ सय २० जना विद्यार्थी अध्ययनरत छन् भने विद्यालयमा डेक्स–बेञ्च जम्मा ३५ सेट मात्र रहेको छ । जबकी २ सय २० जना विद्यार्थीलाई कम्तीमा पनि ७० सेट डेक्स–बेञ्चको आवश्यकता पर्ने स्थानीय बताउँछन् ।“हाल जम्मा २ सय २० जना भर्ना भएका विद्यार्थी मध्ये नियमित १ सय ६० जना आउने गरेका छन् भने ४० जना अन्य विद्यालयमा जाने गर्दछन् र बाँकी २० जना विद्यालय नै जाँदैनन्”–प्रधानाध्यापक गुप्ताले बताए ।चन्द्रपुर नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद सिग्देलका अनुसार २०७७ वैशाखको नयाँ सेकसनदेखि दरबन्दी अनुसार शिक्षक राखिने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑