• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    विवादमा महागढीमाईका मेयर, छोराको रिसमा बुवालाई शौचालयमा थुनेको आरोप

  • वीरगंज संजाल
  • ७ फाल्गुन २०७६, बुधबार ११:११
  • ४२३७

    वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका २ बरियारपुरका ५५ वर्षीय महेन्द्र भनिने हरेन्द्र महतोलाई गाली गलौज तथा कुटपिट गरेको आरोप लागेपछि नगर प्रमुख उपेन्द्र यादव विवादमा छन् ।

    नगर प्रमुख उपेन्द्रले महेन्द्रलाई जुत्ता टाउकोमा राख्न लगाएको र नगरपालिकाको शौचालयमा १५ मिनेट थुनेको आरोप लागेको छ ।  ‘खेतमा पानी पटाउँदै थिए, हाकिमले बोलाएका छन् भनेर नगर प्रहरी बोलाउन गए । पछि आउँछु भन्दा मानेनन् र उनीहरुसँगै गएँ’ उनले भने ‘जाने वित्तिकै मेयरका सवारी चालकले मार …भन्यो, नगर प्रमुखले हिर्काए, जुत्ता उठाएर टाउकोमा राख भने ।’

    उनले अघि भने, नगरपालिकाको शौचालयमा १५ मिनेट जति राखे अनि नगर प्रमुखको घरमा आधा घण्टा राखे । त्यसपछि तेरो छोरा खोजेर ल्याउनु भनेर छोडि दिए ।’

    छोरा र नगर प्रमुखबीच के विषयमा विवाद हो भन्ने आफूलाई कुनै जानकारी नभएको उनले बताए । हरेन्द्र समाजवादी युवा संघका उपाध्यक्ष मुकेश कुशवाहाका बुवा हुन् । मुकेशले गाउँमा नाला निर्माणको काम पुरा नभएको भन्दै आवाज उठाउँदै आएका थिए ।

    मुकेशकाअनुसार सडक निर्माणको क्रममा ठूलो नाला पुरिएको छ । यस विषयमा एक वर्षदेखि जानकारी गराउँदा सुनुवाई भएन । सोमबार स्थलगत निरीक्षणमा आएको नगर प्रमुख यादवले नालाको निकास नहुँदा फोहोर पानीले दुर्घन्ध बढेको, किरा बढेको अस्वीकार गरेको र त्यसको भिडियो लिन खोज्दा नगर प्रहरी लगाएर बुवालाई गालीगलौज गरी कुटेको मुकेशले फेसबुक स्टाटसमा लेखेका छन् ।

    उनले नगर प्रमुखको भिडियो लिन खोज्दा भएको विवादको छोटो भिडियो पनि त्यही राखेका छन् ।

    तर नगर प्रमुख यादवले भने आरोप अस्वीकार गरेका छन् । मुकेशले सामाजिक सञ्जाल फेसबुकमा भए नभएको कुरा लेखेर वदनाम गरेकाले सचेत गराउन मात्रै महेन्द्रलाई बोलाएको प्रतिक्रिया दिए ।  ‘मुकेश र दिपेन्द्र कुशवाहाले अढाई वर्षदेखि फेसबुकमा आफ्नाविरुद्ध तथानाम लेख्ने गर्दै आएका थिए । हिजो त अति नै भयो । हाम्रो बरियारपुर भन्ने पेजबाट नगर प्रमुखलाई युवाहरुले कुटपिट गरे भनेर हालेका रहेछन् । धेरै बदमासी गर्‍यो समात्नुपर्छ भनेर नगर प्रहरी लगाएर खोजतलास गर्न लगाएँ । त्यसपछि उ भाग्यो’ उनले भने ।

    मुकेश भागेपछि उनका बुवालाई नगरपालिकामा बोलाएको र स्थानीयको उपस्तितिमा आफूले ‘भोलि तपाई आफ्नो छोरालाई लिएर आउनुपर्छ । नत्र ठिक हुँदैन, किनकी उसले मेरो गरिमामा ठेस पुर्‍याउने हिसाबले क्रियाकलाप गरिरहेको छ’ भनेको भन्दै उनले भने, ‘उनले मैले भनेको मान्दैन भन्यो । मैले भिन्न बसेको छ कि सँगै भनेर सोधे । सँगै बस्छ भनेपछि भोलि पञ्चायती बस्छ जसरी पनि लिएर आउनुस भनेर घर पठाएको हुँ ।’

    उनले अघि भने, ‘मंगलबार उनीहरु आएनन्, उल्टै शौचालयमा थुनेको, कुटपिट गरेको भनेर फेसबुकमा लेखिदिएछन् ।’

    शौचालयमा थुनेको, टाउकोमा जुत्ता राख्न लगाएको विषयमा उनले भने, ‘छैन मैले त्यस्तो केहि गरेको छैन । सशस्त्र प्रहरी निरीक्षक र अन्य गाउँलेकै सामुन्नेमा उहाँलाई भोलि छोरा लिएर आउनुस भनेर पठाएको हो । अरु सबै बहानाबाजी हो ।’ आफूले मुकेश र दिपेन्द्रविरुद्ध उजुरी दिएको उनले जानकारी दिए ।

    बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले नगर प्रमुखले कुटपीट गरेको भन्ने उजुरी प्रहरीमा नआएको जानकारी दिए । बरु नगर प्रमुख यादवले अभद्र व्यवहार मुद्धा दर्ता गराएकाले अनुसन्धानका बरियारपुरका दिपेन्द्रकुमार कुशवाहालाई नियन्त्रणमा लिएको बताए । Onlinekhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑