निर्भयालाई बलात्कारपछि हत्या गर्ने चारै दोषीलाई मृत्युदण्ड दिन नयाँ ‘डेथ वारेन्ट’
वीरगंज संजाल
६ फाल्गुन २०७६, मंगलवार ११:५५
३८४१
नयाँदिल्ली । निर्भया सामूहिक करणीपछि ज्यान लिएका दोषीलाई मृत्युदण्ड दिनका लागि दिल्लीको पटियाला हाउस कोर्टले नयाँ मिति घोषणा गरेको छ । यसअघि दुई पटक अदालतले मृत्युदण्डको मिति तय गरे पनि फरक–फरक आवेदन पत्रका कारण मिति सारिँदै आएको थियो ।
सोमबारको नयाँ ’डेथ वारेन्ट’ अनुसार अदालतले आउँदो ३ मार्चमा बिहान ६ बजे चारै जना दोषीलाई मृत्युदण्ड दिने तय भएको छ । मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्ता निर्भया बलात्कार घटनाका दोषी हुन् ।
यसअघि अदालतले मृत्युदण्डको मिति जनवरी २२ तोकेको थियो तर एक जना दोषीको निवेदन राष्ट्रपतिकोमा पुगेर रोकिएपछि मिति सरेको थियो । पछि अदालतले गएको फेब्रुअरी १ लाई तय गरेको थियो तर त्यो दिन पछि मृत्युदण्ड दिन सकेन ।
निर्भयाकी आमा आशा देवीले नयाँ डेथ वारेन्ट जारी भएपछि आशा जागेको बताएकी छिन् । उनले यसपटक दोषीहरुलाई सजाय हुने र कसैले पनि कानुनको बाहनामा फाइदा उठाउन नसक्ने विश्वास व्यक्त गरेकी छिन् ।
सन् २०१२ डिसेम्बर १६ को रातको समयमा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक करणी गरेका थिए । चार जना दोषीको अलावा एक प्रमुख आरोपी राम सिंहले ट्रायको दौरान तिहाज जेलमा देहत्याग गरेका थिए । News 24