काठमाडौ। नेपालका प्रतिष्ठित जुत्ताचप्पल कम्पनीहरुको बृहतमेला काठमाडौको भृकुटीमण्डपमा मेला सुरु भएको छ । नेपालमा उत्पादित जुत्ता चप्पल कम्पनीहरु शिखर शु, वीएफ डीएरहील, ल्यान्डवाक,रन शु र शुल्याण्डले बजार प्रबर्द्धन गर्ने उदेश्यका साथ फागुन एक गते देखी काठमाडौको भृकुटीमण्डपमा बृहत जुत्ता चप्पल मेलाको आयोजना गरेका हुन् ।
बच्चा देखि जेष्ठ नागरिक सम्म महिला पुरुषका गरि करिब दुईहजार मोडलका जुत्ता चप्पल रहेका छन् । एक सय देखी एक हजारसम्मका चप्पल र २ सय ५० देखी आठ हजार सम्मका जुत्ता पाइने उक्त मेलामा १५ देखी ५० प्रतिशत सम्म छुटको दिइएको छ । बजारमा ग्राहकले हाम्रा जुत्ता मात्र किन्ने हुँदा सुवेक्षुक ग्राहकले सुझाव दिने स्थान पनि नपाउने हुँदा प्रत्यक्ष ग्राहक संग भेटघाट संगै ग्राहकका सुझाव लिनको लागी पनि मेलाको आयोजना गरिएको ल्यान्डवाक सौरव श्रेष्ठले बताए ।