• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    अब प्रदेश सरकारले आफ्नै प्रहरी फोर्स राख्ने

  • वीरगंज संजाल
  • १ फाल्गुन २०७६, बिहीबार ०९:४३
  • ४६११

    काठमाडौं । मुलुकमा संघीय शासन स्थापना भएको साढे चार वर्षपछि बल्ल प्रहरीको पुनर्संरचना गरिएको छ । सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन जारी गर्दै प्रहरी संगठनको पुनर्संरचना गरेको हो । सो पुनर्संरचनासँगै प्रदेश सरकारले छुट्टै प्रहरी फोर्स गठन गर्नेछ । अब प्रदेशमा छिट्टै फरक पोसाक र चिन्ह भएका प्रहरी देखिनेछन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार प्रमाणीकरण भएको सो ऐन आगामी ६ फागुनदेखि कार्यान्वयनमा आएपछि नेपाल प्रहरी र प्रदेश प्रहरी गरी दुई प्रहरी संगठन अस्तित्वमा आउनेछन् । नेपाल प्रहरी केन्द्रीय सरकार मातहत रही संघीय कानुनबमोजिम गठन र सञ्चालन हुनेछ भने प्रदेश प्रहरी प्रदेश सरकार मातहत रही प्रदेश कानुनबमोजिम गठन र सञ्चालन हुनेछ ।

    सातवटै प्रदेशमा प्रदेशको आन्तरिक मामिला हेर्ने मन्त्रालयअन्तर्गत प्रदेश प्रहरी संगठन रहनेछ । प्रदेश प्रहरी संगठनसमेत समावेशी स्वरूपको हुने कानुनी व्यवस्था गरिएको छ ।

    प्रहरी ऐनअनुसार अब प्रदेश सरकारले आफैं प्रहरी नियुक्त गर्नेछ, त्यसका लागि प्रदेश प्रहरीको खुला प्रतियोगिताबाट नियुक्त गर्नुपर्ने पदमा प्रदेश लोकसेवा आयोगको सिफारिसमा प्रहरीहरू नियुक्त हुनेछन् । प्रदेश प्रहरीमा नियुक्त हुने प्रहरी कर्मचारीले योगदानमा आधारित सेवानिवृत्त सुविधा पाउनेछन् । तर, हाल प्रदेशका लागि चाहिने कर्मचारी भने केन्द्रको प्रहरी संगठनबाटै समायोजन भएर जानेछन् ।

    प्रदेश प्रहरीको पदमा नियुक्तिका लागि आवश्यक पर्ने योग्यता, पदपूर्ति प्रक्रिया, परीक्षाको पाठ्यक्रम तथा परीक्षा प्रणाली नेपाल प्रहरीको समान पदको प्रहरी कर्मचारीका लागि निर्धारण भएसरह हुने व्यवस्था गरिएको छ ।

    प्रदेश प्रहरीले लगाउने पोसाकमा प्रदेश सरकारले निर्धारण गरेबमोजिम नेपालको राष्ट्रियता र प्रदेशको पहिचान झल्कने कुनै चिन्ह वा लोगो राखिने भएको छ ।

    प्रदेश प्रहरीको कमान्ड केन्द्रीय प्रतिनिधिबाटै
    नयाँ कानुनी व्यवस्थाअनुसार केन्द्रीय सरकारले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षकलाई प्रदेश प्रहरीको प्रमुखका रूपमा खटाउनेछ । तर, केन्द्रीय सरकारले खटाएको भए पनि उनले प्रदेशमा रहँदा प्रदेश प्रहरीकै पोसाक र दज्र्यानी चिन्ह लगाउनु पर्नेछ ।

    यस्ता छन् प्रदेश प्रहरीका काम र कर्तव्य
    प्रदेशभित्र शान्ति, सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम गर्नु प्रदेश प्रहरीको मुख्य काम हुनेछ । प्रदेशभित्र नागरिकको जीउ, धनको सुरक्षा गरी नागरिक स्वतन्त्रताको संरक्षण र सुशासन प्रवद्र्धनमा सहयोग पु¥याउनु प्रदेश प्रहरीको कर्तव्य हुनेछ । यसैगरी, नेपाल सरकार वा प्रदेश सरकारले तोकेका प्रदेशभित्रका महत्वपूर्ण व्यक्ति, स्थान, निकाय वा आयोजनाको सुरक्षा गर्ने, प्रदेशभित्र यातायात, भवन, संरचना र अन्य सार्वजनिक तथा सरकारी सम्पत्तिको सुरक्षा गर्ने, प्रदेशभित्र अपराध रोकथाम र नियन्त्रणका लागि कानुनबमोजिम आवश्यक उपाय अवलम्बन गर्ने लगायत छन् । यसैगरी, विपद् व्यवस्थापन, प्रदेशका अपराधसम्बन्धी अभिलेख, प्रदेश कारागारको व्यवस्थापन गर्ने, छुट्टै ट्राफिक प्रहरी व्यवस्थापन, सामुदायिक प्रहरीको स्थापना गर्ने लगायत कार्य पनि प्रदेश प्रहरीले नै गर्नेछन् ।

    सीडीओले प्रदेश प्रहरी परिचालन गर्ने
    ७७ वटै जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाभित्र शान्ति र सुरक्षा कायम गराउन प्रचलित कानुनबमोजिम प्रदेश प्रहरी परिचालन गर्न सक्ने व्यवस्था नया ऐनमा गरिएको छ । तर, प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशको आन्तरिक मामिला मन्त्रालयको निर्देशनअनुसार मात्रै प्रदेश प्रहरी खटाउन सक्नेछन् ।

    प्रहरी समन्वय समिति
    नयाँ कानुनअनुसार नेपाल प्रहरी तथा प्रदेश प्रहरीबीच समन्वय गर्न केन्द्रीय सरकारका गृहमन्त्रीको अध्यक्षतामा प्रहरी समन्वय समिति गठन गरिनेछ । पारिश्रमिक र सुविधामा केन्द्रले मापदण्ड बनाउने नयाँ ऐनअनुसार प्रदेश प्रहरीले पाउने पारिश्रमिक तथा सुविधा सम्बन्धमा नेपाल सरकारले मापदण्ड बनाउने व्यवस्था गरिएको छ । यसैगरी, नेपाल प्रहरी र प्रदेश सरकारले प्रयोग गर्ने हतियार खरखजाना तथा सञ्चार साधन र सोको प्रयोगबारे पनि केन्द्र सरकारले मापदण्ड बनाउने व्यवस्था गरिएको छ ।

    प्रदेश प्रहरीले अनुसन्धान गर्ने क्षेत्र
    नयाँ कानुनी व्यवस्थाअनुसार प्रदेश प्रहरीले आफ्नो प्रदेशभित्र भएका नेपाल सरकार वादी हुने अन्य र थप कसुर सम्बन्धमा प्रचलित कानुनबमोजिम अनुसन्धान गर्न पाउने प्रावधान राखिएको छ । जसअनुसार प्रदेश प्रहरीले अनुसन्धान गरेको कसुरसम्बन्धी अनुसन्धान प्रतिवेदन सम्बन्धित सरकारी वकिलसमक्ष पेस गर्नुपर्नेछ । यसैगरी, प्रदेश प्रहरीले अपराध अनुसन्धान गरेको मुद्दासम्बन्धी मासिक प्रतिवेदन तयार गरी प्रदेशको आन्तरिक मामिला मन्त्रालय, केन्द्रीय प्रहरी र सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑