• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भारतको मणिपुरमा २३ नेपाली महिला प्रहरीको नियन्त्रणमा

  • वीरगंज संजाल
  • २९ माघ २०७६, बुधबार ०८:३८
  • ५२९५

    दिल्ली | सुर्खेतकी सावित्री विकका श्रीमान् विगत तीन वर्षदेखि गायब छन् । कमाइ गरेर पाल्ने श्रीमान् नै हराएपछि दुई छोराछोरीसहित सावित्री माइतीमा बस्दै आएकी छिन्।

    छोराछोरी हुर्काउन उनी दिल्लीका विभिन्न सहरमा मजदुरी गर्छिन् । दाजुभाइसँग वर्षमा चार–पाँच महिना दिल्ली र बाँकी समय सुर्खेत बस्ने गर्छिन् । यही क्रममा उनको विदेश पठाउने राज नाम गरेका व्यक्तिसँग भेट भयो ।

    उनले कुवेतमा राम्रो आम्दानी हुने आस देखाएपछि सावित्री पनि लोभिइन् । दुई छोराछोरीलाई आमाको जिम्मा लगाएर सावित्री गत १८ कात्तिकमा सुर्खेतदेखि कुवेतका लागि हिँडिन् ।

    दलालले उनलाई सडकको बाटो दिल्ली पुर्यायो । उनी त्यहीँ दुई दिन बसिन् । दिल्लीबाट जहाजमा उनलाई कोलकाता पुर्याइयो । तस्कर समूहले दिल्लीबाट मणिपुरको इम्फाइलमा जहाजमै लग्यो । तर, विमानस्थलमा प्रहरीले उनीसहित अन्य चारजना महिलालाई समात्यो।

    छोरीलाई श्रीमान्को जिम्मा लगाएर हिँडेकी रमा बीचमै अलपत्र
    रुपन्देहीकी रमा क्षेत्री २० कात्तिकमा कुवेतका लागि दिल्ली हिँडेकी थिइन् । सामान्य चिनजानकी मुना थापाले उनलाई कुवेतमा राम्रो कमाइ हुने आश्वासन दिएपछि छोरीलाई श्रीमान्को जिम्मा लगाएर हिँडेकी रमा अहिले बीचमै अलपत्र परेकी छिन्।

    दुबईमा राम्रो कमाइ हुने लोभ, गुवाहटी हुँदै इम्फाइल पुर्याइयो
    काभ्रेकी मुना गुरागाईं १५ कात्तिकमा काठमाडौंबाट दुबई हिँडेकी थिइन् । दिल्लीमा बस्ने ईश्वर न्यौपाने र दुबईमा बस्ने अनिल न्यौपानेले उनलाई दुबई जाने सेटिङ मिलाएका थिए ।

    दलालले भनेअनुसार नै उनी बसबाट काठमाडौंदेखि दिल्ली पुगिन् । दलाल समूहले उनलाई दिल्लीबाट हैदराबाद हुँदै चेन्नई पु(यायो । तर, चेन्नईमा उनलाई स्थानीय नेपालीले नै समाते र दिल्ली फकाईदिए।

    आजको नयाँ पत्रिकामा मुना कुँवरले लेखेको समाचारअनुसार नेपाली महिलालाई दलालहरूले कसरी भारतबाट अर्को देश हुँदै खाडी मुलुक पुर्याउँछन् भन्ने उदाहरण हुन् यी माथिका घटना ।

    नेपाल सरकारले महिलालाई रोजगारका लागि खाडी मुलुकमा जान प्रतिबन्ध गरेको छ । तर, जान चाहने महिला अनेकौँ जोखिम मोलेर खाडी मुलुक जान खोजिरहेका हुन्छन्, दलालले पनि अनेकौँ रुट प्रयोग गरी नेपाली महिलालाई खाडी मुलुक पु(याइरहेका छन् ।

    पछिल्लो समय सडकमार्ग हुँदै भारतको आसाम, मणिपुर, मिजोरम हुँदै म्यानमार पु(याउने र त्यहाँबाट श्रीलंका हुँदै खाडी मुलुक पु(याउन गिरोह सक्रिय हुन थालेको छ । अहिले मणिपुरमा करिब २३ जना नेपाली महिला प्रहरी नियन्त्रणमा छन् ।

    खाडीका विभिन्न मुलुक लैजाने क्रममा उनीहरू मणिपुरको इम्फाइल विमानस्थल र मोरे नाकाबाट समातिएका हुन् । अहिले उनीहरू मणिपुरको विभिन्न गैरसरकारी संस्थाको संरक्षणमा छन् ।

    केही एबिसिडिओ प्रोएक्टिम एन्ड रिहालिबेटिम होम्स, इपाम्लम्डम उजाला होम्स अफ सेन्टर र सेन्टर फर डेभलपमेन्ट एक्टिभिटिजमा रहेको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए ।

    सरकारले घरेलु कामदार रूपमा खाडी मुलुक जान नेपाली महिलालाई बन्देज गर्दै त्रिभुवन विमानस्थलबाटै कडाइ गरेपछि दलालले सडकमार्गको विकल्प प्रयोग गरेका हुन् ।

    गत फागुनमा ब्युरोले १७९ जना नेपालीलाई मणिपुरबाट उद्धार गरेको थियो। अवैध बाटोबाट खाडी मुलुक लगिएका ती महिलालाई माइती नेपालले पाएको सुराकीका आधारमा भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।

    म्यानमार हुँदै खाडी मुलुक जान चाहनेमा १४७ जना महिला र ३२ जना पुरुष थिए । उनीहरूलाई काँकडभिट्टा हुँदै नेपाल ल्याइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑