जनकपुर | मिनरल वाटरप्रति उपभोक्ताको रुचि बढेसँगै धनुषामा लाखौंको लगानीमा पानीका उद्योगहरु निरन्तर सञ्चालनमा आइरहेका छन् ।
यसै क्रममा जनकपुरधाम उपमहानगरपालिका–१३ मा १ करोड ५० लाखको लगानीमा स्थानीय सुमन्त कर्णले वोडा प्रोसेस्ड ड्रिङकिङ्ग वाटर उद्योग सञ्चालनमा ल्याएका छन् ।
प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले हिजो (आइतबार) उद्योगको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री मण्डलले प्रदेश २ मा यस्ता उद्योगहरु सञ्चालनमा ल्याइएपछि यहाँका जनताले प्रत्यक्ष रोजगारी पाउने र यसले प्रदेशको पनि अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने धारणा राखेका थिए ।
पछिल्लो समय लहरकै रुपमा खुलेका यस्ता उद्योगहरुले सरकारले तोकेको मापदण्ड पूरा गरेर पानीलाई आधुनिक प्रविधिबाट प्रशोधन गर्दै आएका छन् । यस उद्योगले सयौँ स्थानीयवासीलाई रोजगारी समेत प्रदान गरेको छ ।the nepal top