काठमाण्डौ | आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानलाई दुई रनको ५० रनको लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ४९ रन बनायो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक अर्धशतकीय पारी खेले । उनी ७६ बलमा ५६ रन बनाउँदै आउट भए । सुवास खकुरेलले २२, पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेखले र कुशल मल्लले २८–२८ रनको योगदान गरे । ओमानका लागि अकिब ल्लियासले चार विकेट लिए । त्यस्तै मोहम्मद नदीमले तीन विकेट लिए ।nepalpostdaily