सिरहा | सिरहाको अर्नामा गाउँपालिका वडा नम्बर १ ईस्लामपुरबाट शुक्रबार लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर १ ईस्लामपुरका ३२ वर्षीय मोहम्मद सकिल र नरहा गाउँपालिका वडा नम्बर १ देविपुरका ३५ वर्षीय राजिन महरा रहेको प्रहरीले जनाएको छ ।
मोहम्मद सकिलको घरमा प्लास्टिकको बोरामा लुकाएर राखेको १२ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिनु भयो ।
गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सन्युक्त टोलिले सकिलको घरमा खोजतलास गर्दा गाँजा बरामद गरेको हो ।
पक्राउ परेका दुवैलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको एसपी चतुर्बेदीले जानकारी दिए ।mahottaripost