शिक्षण अस्पतालमा २७ वर्षीया छोरीले दिइन् बुवालाई कलेजो
वीरगंज संजाल
२६ माघ २०७६, आईतवार १२:०४
४०६९
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले लगातार चौथोपटक कलेजो प्रत्यारोपण सफल गरेको छ । काठमाण्डौंको बौद्धका ५७ वर्षीय बुबालाई २७ वर्षकी छोरीको कलेजो प्रत्यारोपण गरिएको कलेजो प्याङक्रियाज तथा ग्यास्ट्रो इन्टेस्टटाइनल सर्जन डाक्टर रमेशसिंह भण्डारीले जानकारी दिए।
उनको अनुसार झण्डै नौ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको गरिएको थियो। अहिले बाबुछोरीकै स्वास्थ्य अवस्था स्थिर छ। डाक्टर भण्डारीकै नेतृत्वको टीमले गएको जेठ १८ गते त्रि.वि. शिक्षण अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो।
यस्तै साउन ३ गते दोश्रो र कात्तिक १ गते तेश्रोपटक कलेजो प्रत्यारोपण गरिएको थियो । त्रि.वि. शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको लागि झण्डै तीन महिनामा पालो आउने र झण्डै २५ लाख रुपैयाँमा प्रत्यारोपण गर्न सकिने डाक्टर भण्डारील बताउँछन्।
उनको अनुसार अहिले प्रत्यारोपणको लागि पालो कुर्ने बिरामीहरु धेरै छन्। भन्छन्, ‘सुरुवाती चरणमा भएकाले अहिले हामीले धेरै प्रत्यारोपण गर्न सकेका छैनौँ, १ वर्षपछि प्रत्यारोपणको सङख्या बढाउँछौ।’
यसअघि भक्तपुरमा रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण भए पनि त्यसले निरन्तरता पाउन सकेन्। यस्तै, चितवनको पुरानो मेडिकल कलेजले पनि कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति पाएको छ।onlinekhabar