• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    टिकटकबाट कस्तो खतरा छ ?

  • वीरगंज संजाल
  • २६ माघ २०७६, आईतवार ०७:१२
  • ४९३९

     हाल भिडियो शेयरिङ एप, टिकटकका ५० करोड भन्दा धेरै एक्टिभ प्रयोगकर्ता छन् जसमा पनि २० वर्ष र सो भन्दा कम उमेरका युवाहरुमाझ यो अत्याधिक लोकप्रिय मानिन्छ । तर कतिपय राजनीतिज्ञहरुले चिनियाँ कम्पनीको भएकाप्रति चिन्ता व्यक्त गरिरहेका छन् ।

    चीनको कानुनमा प्राविधिक तर्फका निजी फर्महरुले सम्पूर्ण जानकारीहरु सरकारलाई प्रदान गर्नुपर्ने नियम रहेको छ । यसकारण पनि राष्ट्रिय सुरक्षाका लागि खतरा हुन सक्ने हुँदा पछिल्लो समय टिकटक विवादमा परेको हो । यहाँसम्मकी यसका निरीक्षकहरु समेत आफ्नो सुरक्षाका बारेमा चिन्तित छन् । यस्तोमा टिकटक वास्तवमै सुरक्षित भए नभएको र यसमा विश्वास गर्न सकिने सम्बन्धी अझै केही टुङ्गो लाग्न सकेको छैन ।

    बेइजिङमा अवस्थित बाइटडान्स कम्पनी थुप्रैपटक विवादमा आइसकेको छ । गत वर्ष मात्र टिकटक केही समयका लागि भारतमा प्रतिबन्धित भएको थियो । टिकटकमा भिडियो एडिट गर्ने विभिन्न फिचर हुन्छन् जसले गीत गाउने, नाच्ने, अभिनय गर्नेदेखि सबै क्रियाकलपाका लागि राम्रो प्लेटफर्म प्रदान गरिरहेको छ । त्यस्तै यसको ‘अटोप्ले’ मोडका कारण एउटा भिडियो सकिनासाथ तुरुन्तै अर्को सुरु हुनेहुँदा यसले मान्छेको समय बितेको पत्तै हुँदैन । यस्ता कारणले पनि टिकटकप्रतिको आकर्षण झन बढ्ने क्रममा रहेको छ । तर केही समय अगाडि मात्र अमेरिकी काउन्टर–इन्टेलिजेन्सले यसमाथि अनुसन्धान गर्दा कम उमेरका प्रयोगकताले अनुपयुक्त सामग्री हेरेको र व्यक्तिगत जानकारी लिक भइरहेको पाइएपछि टिकटकलाई ४३ लाख पाउन्ड जरिवाना सुनाइएको थियो ।

    अमेरिकामा भने टिकटकले प्रयोगकर्ताका व्यक्तिगत डाटा दुरुपयोग गर्न सक्ने सम्बन्धी चिन्ता रहेको छ । फेसबुकका पूर्व सुरक्षा प्रमुख एलेक्स स्टेमसले यसअघि बाइटडान्सका अमेरिकी र चिनियाँ कर्मचारीबीच विवाद भएको ट्वीट  गर्दै चिन्ता व्यक्त गरेका थिए । त्यस्तै चिनियाँ सरकारले आफ्नो देशका सामाजिक संजाल एपहरु मार्फत प्रयोगकर्ताबारे अवैध रुपमा जानकारी संकलन गर्ने गरेको आरोप पनि लगाइँदै आएको छ । तर बाइटडान्सले भने अन्य मुलुकका प्रयोगकर्ताका डाटा छुट्टै स्टोर गरिएको र चिनियाँ अधिकारीहरुसँग कहिल्यै शेयर नगरिने स्पष्ट पारिरहेको छ ।

    अघिल्लो हप्ता मात्र अमेरिकी नेताहरुले टिकटकलाई संसदमा स्पष्टिकरणका लागि निम्ता गरेका थिए । कतिपय सिनेटहरुले त यसबारे अमेरिकी सरकार आफैँ अघि सरेर अनुसन्धान गर्न पनि भनेका छन् । किनकी टिकटक विदेशी चुनावलाई प्रभाव पार्नका लागि पनि लक्षित हुन सक्नेप्रीत चेतावनी दिइएको छ । तर बाइटडान्सले भने आफूहरुले टिकटकमा राजनीतिक विज्ञापन कहिल्यै नदेखाइने बताएको हो । यस्तोमा कम्पनीले २०१९ मा आफ्ना नीति धेरै परिवर्तन गराइसकेको र आगामी दिनहरुमा पनि प्रयोगकर्ताको सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ । यस्तोमा अब टिकटक अमेरिकामा निषेध हुने सम्भावना रहेकाबारे पनि चर्चा भइरहेको छ जहाँ मासिक २ करोड ६५ लाख प्रयोगकर्ता छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • उदयपुरमा एकजना कालाजारका बिरामी फेला
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उदयपुरमा एकजना कालाजारका बिरामी फेला

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    उदयपुरमा एकजना कालाजारका बिरामी फेला

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    उदयपुरमा एकजना कालाजारका बिरामी फेला

    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑