काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सहायक उपाध्यक्ष नेपाल भ्रमणमा आएका छन्। एसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा सत्तारूढ दलभित्रै विवाद भइरहेका बेला उनी आएका हुन्।
बु्रक्सले शुक्रबार नेपालस्थित एमसीसीका अधिकारीहरूसँग छलफल गरेका छन्। उनले दलका नेता, सरकारी अधिकारी, एमसीसी र मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) का अधिकारीसँग छलफल गर्ने अमेरिकी दूतावासले जनाएको छ।नेपाल र अमेरिकाबीच २०७४ भदौमा ५० करोड अमेरिकी डलर (करिब ५७ अर्ब रुपैयाँ) को अनुदान सहमतिमा हस्ताक्षर भएको थियो।