बिरगंज । ब्यवस्थापन सँकाय डिनको कार्यालय त्रिभुवन विश्व बिधालयको आयोजनामा अाजदेखि २ दिने शिक्षकहरुलाई क्षमता अभिबृदि गर्ने अनुसन्धान विधि सम्वन्धी कार्यशाला गोष्ठी शुरु भएको छ।स्थानीय होटल भिसुवा प्रदेश नम्बर २ र हेटौडा,चितवन एमवीएस सन्चालन गरिरहेका २६ वटा कलेजहरुका १२० जना प्रध्यापकहरुको सहभागीता
रहेको छ।प्रोफेसर डा दिल्ली राज शर्माको अध्यक्षता तथा प्रोफेसर डाक्टर पेसल दाहालको प्रमुख आतिथ्यमा उदघाटन समारोह समपन्न भएको थियो ।कार्यशाला गोष्ठीमा उच्च शिक्षा सुधार परियोजनाका निर्देशक डाक्टर रामचन्द्र पोख्रेल सहप्राध्यापक राजेन्द्र पौडेल र साहयक डिन दिनेश मणि घिमिरे लगायतले प्रशिक्षण दिईरहनु भएको छ।कार्यशाला गोष्ठीमा शिक्षालाई कसरी अाधुनिकरण बनाउने भन्ने बारेमा बताएको थियो ।