बिरगंज। मिति २०७६/१०/२४ गते विहान ११.०० वजेको समयमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्सा र किरण आँखा अस्पताल बीरगंजको संयुक्त आयोजनामा “समुदाय- प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामिदायिक प्रहरी सेवा छपकैयाका अध्यक्ष श्री ग्यासुदिन ठकुराईको अध्यक्षता र वडा प्रहरी कार्यालय विर्ताका प्र.ना.नि. श्री प्रेम बहादुर खत्री ज्यू, को प्रमुख आतिथ्यमा जिल्ला
पर्सा वीरगंज महा-नगर पालिका वडा नं. ४ स्थित रहेको विकोन सेकेन्डरी एकेडेमी स्कुलका छात्र ८० र छात्रा ६० गरी १४० जनाको निःशुल्क आँखा परिक्षण गरिएको थियो ।त्यसै गरि हालै चाईनामा फैलिएको कोरोना भाईरस सम्बन्धी १५० थान जनचेतना मुलक पर्चा पम्प्लेट वितरण समेत गरिएको सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईले जानकारी गराउनु भएको थियो।
साथै उक्त कार्यक्रममा किरण आँखा अस्पतालका चिकित्सक सन्तोष यादव, रामबाबु चौरसिया, मुस्कान राय र सामुदायिक सेवा केन्द्र छपकैयाका कोषाध्यक्ष श्रीमति प्रेम कुमारी खत्री, सचिव प्रविण विक्रम शाह सदस्य अजित कुमार भुजेल, जेयाउल हक समानी, प्र.ह. देवेन्द्र कुमार पटेल, प्र.ज. राज कुमार तामाङ्ग, राईजिङ्ग बिरगंज नेपालका अध्यक्ष आरजु खान, पदाधिकारी र विकोन सेकेन्डरी एकेडेमीका निर्देशक श्री प्रकाश उपाध्याय लगाएत सम्पुर्ण शिक्षाक शिक्षिकाहरुको अं. ६० जनाको उपस्थितीमा कार्यक्रम सम्पन्न गरियो।