धादिङ ।समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०७६।१०।२४ गते धादिङ जिल्ला निलकण्ठ न.पा. ३ स्थित रहेको श्री न्यू धादिङ बोर्डिङ विधालयमा अध्ययनरत कक्षा ७ र ८ का अं. ४५ जना विद्यार्थीहरु तथा शिक्षक समेतलाई जिल्ला प्रहरी कार्यालय धादिङमा आमन्त्रण गरी यस कार्यालयका प्र.उ.रबिन्द्र रेग्मी‚ प्र.ना.उ. रुपक खड्का‚ प्र.नि.जयन्ती थापा र प्रसनि चुनादेवी अर्यालबाट
विद्यार्थीहरुलाई स्वागत गरी आफ्नो अमुल्य निर्देशन दिनुभएको साथै प्रहरीका बिभिन्न पोसाकको बारेमा जानकारी, प्रहरीका काम कारबाही, प्रहरी परिचालन कक्षको काम कर्तव्य, ट्राफिक व्यवस्थापन, प्रहरी गस्ती, अपराध अनुसन्धान कार्य र प्रहरीले आम जनतालाई दिईने सेवा सुविधा बारे जानकारी गराई कार्यालय र कार्यालयका विभिन्न शाखाहरुको अवलोकन गराइएको ।
साथै विभिन्न शाखाका प्रहरी अधिकृतहरुले आ-आफ्नो शाखाको काम कर्तव्य र जिम्मेवारीबारे प्रष्ट पार्दै विद्यार्थीहरुलाई जानकारी गराईएको । अवलोकन भ्रमण प्रश्चात विधार्थीहरुलाई लागु औषध दुर्व्यसनी सम्बन्धी जनचेतनामुलक भिडियो समेत प्रर्दशनी समेत गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।