• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    जनकपुरमा होली महोत्सव र ‘महामूर्ख सम्मेलन’को तयारी तीव्र

  • वीरगंज संजाल
  • २४ माघ २०७६, शुक्रबार ११:१६
  • ६४५७

    जनकपुरधाम । नेपालकै पुरानोमध्येकाे एक मिथिला नाट्यकला परिषद (मिनाप)ले प्रत्येक वर्षझैँ यस वर्ष पनि होलीको अवसरमा ‘महामूर्ख सम्मेलन’को आयोजन गर्ने भएको छ ।

    मिनापको बुद्धबार बसेको बैठकले महामूर्ख सम्मेलन आयोजन गर्न आर्थिक संकलन उपसमिति, व्यवस्थापन उपसमिति, कार्यक्रम संचालन उपसमिति लगायतका उप-समितिहरु गठन गरेको हो ।

    मिथिला क्षेत्रको सर्वाधिक लोकप्रिय सम्मेलन बन्न सफल यस वर्षको महामूर्ख सम्मेलन भव्यता दिन मिनापमा आबद्ध सदस्यहरु सम्मिलित उपसमिति गठन भएको मिनापका उपाध्यक्ष ललित कामतले न्यूज २४ लाई जानकारी दिए ।

    कामतका अनुसार यस वर्ष पनि होली गायन प्रतियोगिता, डंफा (बाजा) बादन प्रतियोगिता, व्यंगात्मक नाटक र कविता वाचन कार्यक्रम गरिनेछ ।

    लोप हुन लागेको होली लोक गीत र लोक बाजालाई संरक्षणका लागि पनि यो सम्मेलन आवश्यक रहेको मिनापका वरिष्ठ कलाकार सुनिल मिश्रको कथन छ । मिश्रका अनुसार मिथिला क्षेत्रमा रहेको लोक गायन र बाजाको समेत यसले प्रचार प्रसार हुनुका साथै आउने नयाँ पुस्तालाई समेत आफ्नो लोक पर्व र महोत्सवबारे जानकारी हुने विस्वास व्यक्त गरेका छन् ।

    होली महोत्सवको लागि धनुषा, महोत्तरी, सिरहा र सप्तरी बाट होली गीत गाउने लोक गायकको टीम नै आउने गर्छन । यस वर्ष पनि होली गायन समूह खोजबिन र निमन्त्रण दिनको लागि मिनापको वरिष्ठ कलाकार लोक स्टार राम नारायण ठाकुरलाई जिम्मेवारी दिएको हो ।

    यस वर्ष होली पर्व फाल्गुन २५ र २६ गते पर्ने र त्यसको दुइ दिन अगावै होली महोत्सव र महामूर्ख सम्मेलन दुइ दिन सम्म मनाइने मिनापका कोषाध्यक्ष अनिता रानी मण्डलले भनिन् ,’ तिथि मिति अहिले नै भन्न सकिन्न ।’ मिथिला परिक्रमा फर्कि सकेपछि मात्र यहाँ होली मनाउने चलन रहेकोले गर्दा मितिपछि मात्र भन्न सकिने जिकिर गर्दै उनले थपिन्, ‘महोत्सव हुने स्थान जानकी
    मन्दिर प्रांगणमा पक्का गरिएको छ ।’

    महामूर्ख छान्न भने एउटा छुट्टै समितिको जिम्मा दिएको मिनापका अध्यक्ष परमेश झाले भने, ‘यस वर्ष पनि हामीले एक जना महामूर्ख र अन्य दर्जनाैँ व्यक्तिलाई विभिन्न उपमा र सम्मान दिने छौँ ।’ विगतको झण्डै २ दशकदेखी मिनापले गर्दै आएको होली महोत्सव र महामूर्ख सम्मेलनमा महामूर्ख बन्न र उपाधि पाउन रस्साकस्सी नै हुने गर्छ ।

    यसअघि नेकपा नेता पूर्वमन्त्री रामचन्द्र झा, जनकपुरका मेयर लालकिशोर साह, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, कांग्रेस नेता रामसरोज यादव , पूर्व मेयर ब्रिखेशचन्द्र लाल, नेकपा नेता राम कुमार शर्मा, राजनीतिक विश्लेषक सीके लाल, ओम कुमार झा, दिगम्बर राय, पवन सिंघानिया, लगायतका व्यक्तिहरुलाई महामूर्खको सम्मानले सम्मानित गरिएको थियो । यस वर्ष कसले यो उपाधि पाउला भन्ने सबैको चासोको विषय बनेको छ । News 24

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑