• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विद्यार्थी भन्छन्– चीनबाट छिटो ल्याऊ, सरकार भन्छ– अस्पताल बनाउदैछौं

  • वीरगंज संजाल
  • २४ माघ २०७६, शुक्रबार ०६:३६
  • ५५०३

    काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कोरोना भाइरसबाट त्रस्त नहुने आग्रह गरेका छन् ।

    नेपालमा हालसम्म कोरोना संक्रमित नभएको दाबी गरिरहँदा प्रवक्ता बास्कोटाले पनि नडराउन आग्रह गरेका हुन् ।बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेदलनमा मन्त्री बास्कोटाले चीनमा रहेका विद्यार्थी–नागरिक उद्धार गर्न सरकार प्रतिबद्ध रहेको र तयारी गरिरहेको बताएका छन् ।तर बिहीबार नै नेपाली विद्यार्थीका अभिभावक स्वास्थ्य मन्त्रालय पुगेर आफूहरुका छोराछोरी छिटो नेपाल ल्याइदिन आग्रह गरेका छन् ।चीनमा रहेका विद्यार्थीहरुले पनि भिडियो सन्देश जारी गर्दै आफूहरुले राम्रोसँग खाना पनि नपाएको गुनासो गर्दै छिटो फिर्ता गर्न आग्रह गरेका छन् ।

    तर सञ्चारमन्त्री बास्कोटाले चिनियाँ राजदूतावासले पनि नेपालीलाई आफ्नो नागरिक सरह सुरक्षित राख्ने आवश्यक सेवा–सुविधान उपलब्ध गराउने बताएकाले नआत्तिन अभिभावकहरूलाई आग्रह पनि गरेका हुन् ।“कोरोनासँग चीन जुधिरहेको छ । विश्व सतर्क छ । विश्व स्वास्थ्य संगठनले संकट्काल घोषणा गरेको छ । हामी पनि अत्यन्त संवेदनशील छौं । चीनलेजस्तो एक सातामै एक हजार शय्याको अस्पताल बनाउन त सक्दैनौं । पुँजीको अभाव नभए पनि प्रविधि र जनशक्ति हामीसँग छैन । हामीले पनि तीन सय शय्याको अस्पताल बनाउने निर्णय गरिसकेका छौं,” उनले भने ।

    उनले सरकारले चारपटक बैठक बसेर चीनबाट उद्धार गरेर ल्याउने विद्यार्थी राख्ने ठाउँको व्यवस्थापन भइरहेको उनको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै व्यवस्थापनका लागि स्पष्ट निर्देशन दिएको उनको भनाइ थियो । प्रधानमन्त्रीले आजैमात्र तालुकदार मन्त्रालयहरूलाई बोलाएर इचङ्गुनारायण, खरिपाटी, शिवपुरी, सूर्यबिनायक लगायतका ठाउँमा राख्न र आइसोलेसनका लागि आवश्यक पर्ने सबै चिजको बन्दोबस्त मिलाउन निर्देशन दिएका थिए ।

    बास्कोटाले पनि चीनमा रहेका नेपाली नागरिक समस्यामा नपरेको, तीन छाक खाना खुवाएर राखेको बताउँदै नेपालमा पनि आइसोलेसनमा राख्नुपर्ने र त्यसका लागि तयारी गर्नुपर्ने भएकाले उद्धार गर्न विलम्ब भएको बताए ।“चीनसँग सम्पर्कमा छौं । चिनियाँ अधिकारीले समन्वय गरिरहेका छन् । सबै नेपाली सुरक्षित छन् । हाम्रो दूतावासले पनि समन्वय गरिरहेको छ,” उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑