बिरगंज ।वीरगञ्जमा बिहिवार जारी प्रदेश स्तरीय बिपि कोईराला स्मृति गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बारा र धनुषा बीच खेलमा बाराले जित हासिल गरि फाईनलमा पुग्न सफल भएको छ ।
वीरगञ्जमा शनिबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत धनुषालाई ४–१ गोलको अन्तरले हराएर बारा जिल्ला फुटबल संघ विजयी भएको छ । जि पी कोइराला फाउन्डेसन पर्सा दुारा जारी जीपी कोईराला प्रदेश स्तरीय प्रथम नकआउट फुटबल प्रतियोगिताको आज दाश्रोसेमिफाईनल बाराले जित हासिल गरेको छ । बीरगञ्जको आदर्शनगर स्थित रङगशालामा बारा र धनुषा बिच भएको खेलमा दुबै टिमले निधारित समयमा गोल हुन नसकेपछि अन्तमा टाईब्रेकरमा गेम पुगेको थियो । टाईब्रेकर सुटमा बाराले ४ गोल र धनुषाले १ गोल गरेका थिए । धनुषाले टाईब्रकरमा गोल गर्न नसकेपछि गेम बाराको हातमा पुगेको थियो ।
आजको म्याच अफ द म्याच बाराका गोल किपर जयराम चौधरी घोषित भएका थिए । शनिबार बारा र सप्तरी बिच फाइनल खेल हुने आयोजक ले जनाएको छ । फुटबल प्रतियोगितामा ८ वटै जिल्लाका फुटबल क्लबहरुको सहभागीता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैयाँ नगद सहितकप र मेडल दिईने बिपि कोईराला फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनले जनाएको छ ।