• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोनाको महामारीः चीनमा एकै दिन ६४ जनाको मृत्यु, ज्यान गुमाउनेकाे संख्या ४ सय २६ पुग्यो

  • वीरगंज संजाल
  • २२ माघ २०७६, बुधबार ०९:५५
  • ४२६७

    वीरगंज | चीनमा कोरोना भाइरसबाट एकै दिन ६४ जनाको मृत्यु भएपछि मृतकको संख्या ४ सय २६ पुगेको छ ।मंगलबार हङकङमा एक जना बिरामीको मृत्यु भएपछि चीनबाहिर मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको थियो।सोमबार बिहानदेखि मंगलबार बिहानसम्म थप ६४ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।  कोरोना भाइरसको संक्रमणबाट २० हजार भन्दा बढी  संक्रमित रहेको जनाइएको छ ।भाइरस नियन्त्रणको प्रयास प्रभावकारी भएनः चिनियाँ शीर्ष नेतृत्व

    चीनको  शीर्ष  नेतृत्वले  वुहानमा  महामारीको रुपमा  फैलिएको  प्राणघातक  कोरोना  भाइरसको  नियन्त्रणका  लागि भएको  प्रयासप्रति असन्तुष्टि जनाएको छ ।प्रकोपसँग जुझ्ने क्रममा ‘सरकारी  कमजोरी र अपूर्णता’ भएको  चिनियाँ  कम्युनिष्ट  पार्टीका  स्थायी  समिति सदस्यहरुले बताएका छन ।शक्तिशाली चिनियाँ कम्युनिस्ट पार्टीको ७ सदस्यीय स्थायी समितिले  राष्ट्रिय  आपतकालीन  व्यवस्थापन प्रणालीको सुधार गर्नुपर्ने सुझाव समेत दिएको छ।राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको बैठकले भाइरस उत्पति भएको भनिएको बन्यजन्तुको खोजी गरी त्यसलाई प्रयोगमा ल्याउनेलाई समेत कारबाहीको दायरमा ल्याउने तयारी गरिएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    गैरकानुनी वन्यजन्तुको क्षेत्रलाई गम्भीरतापूर्वक हेरिनुपर्नेमा चिनियाँ शीर्ष नेतृत्व एकमत  देखिएको  छ  ।  चमेरोबाट  कोरोनो  भाइरस फैलिएको आशंका गरिरहँदा त्यसको पुष्टि भए त्यसको प्रयोगमा नै  प्रतिबन्ध  लगाउनेसम्मको  तयारी भएको छ । नयाँ  कोरोनाभाइरस गैरकानूनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्य बजारबाट फैलिएको आशंका गरिएको छ।

    अमेरिकासँग चीन आक्रोश

    कोरोना भाइरसको प्रकोपलाई लिएर “त्रास फैलाउने गरी“ प्रतिक्रिया जनाएको भन्दै चीन सरकारले अमेरिकाको  आलोचना  गरेको छ ।अमेरिकाले जनस्वास्थ्य संकट घोषणा गर्दै दुई सातायता चीन बसेका विदेशी नागरिकको आवागमनमा रोक लगाउने निर्णय गरेकोमा चीनले आपत्ति समेत  जनाएको  छ । अमेरिकाले  प्रतिबन्ध  लगाए लगत्तै  अस्ट्रेलियाले  पनि  आफ्नो  देशमा  चिनियाँ  नागरिकको आवागमनमा प्रतिबन्ध लगाएको थियो ।अमेरिकी प्रतिबन्धको असर स्वरुप नै हङ्कङले पनि चीनसँग जोडिएका  १३ मध्ये  १० वटा सीमाबाट मध्यरातदेखि मानिसको आवागमन रोक्ने जनाएपछि चिनियाँ धारणा बाहिरिएको हो ।विश्व स्वास्थ्य सङ्गठनले खासमा यात्रुहरू अनौपचारिक रूपमा देश प्रवेश गरे त्यसले झन् भाइरसको सङ्क्रमण बढाउन सक्ने भन्दै सीमा बन्द गर्ने निर्णयप्रति सतर्क गराएको छ ।अहिलेसम्म अमेरिका, अष्ट्रेलिया, जापान, जर्मनी लगायतका मुलुकले आफ्ना नागरिकलाई स्वेदश फर्काइसकेका छन् ।

    वुहानका नेपाली अझै उद्दारको पर्खाईमा

    कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट विभिन्न मुलुकहरुले आफ्ना नागरिक लगिसक्दा पनि नेपाल सरकार भने यहाँ ल्याएर राख्ने ठाउँ नटुंगिएको भन्दै आफ्ना नागरिक ल्याउन ढिलाई गरिरहेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले समेत यसबारे निर्क्यौल गर्न नसकेको खबरहरु बाहिरिएका छन् ।यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पनि पत्रकार सम्मेलन गर्दै आज (मंगलबार) साँझसम्म ठाउँको निर्क्यौल भए बुधबार वुहानबाट नेपालीहरुलाई ल्याइने जनाएको छ ।संक्रमण नै नभए पनि वुहानबाट ल्याइने नेपालीलाई दुई सातासम्म राखेर निगरानी गर्ने छुट्टै स्थानको खोजिमा सरकार जुटेको छ ।मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार नेपाल आउन १ सय ८० जनाले इच्छा देखाएका छन् । उनीहरुले चीनस्थीत नेपाली दूताबासमा आवेदन समेत दिइसकेका छन् । नेपाल ल्याउनु अघि उनीहरुको चीनमै स्वास्थ्य परीक्षण गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑