बिरगंज कारागारमा रहेको समता स्कुलको छैटौं बार्षिकोत्सव सम्पन्न
वीरगंज संजाल
२० माघ २०७६, सोमबार २१:१३
६१८१
बिरगंज।समता एजुकेशन ट्रष्टद्वारा सञ्चालित वीरगञ्जको कारागारमा रहेको समता स्कुलको छैटौँ बार्षिकोत्सव सम्पन्न भएको छ । स्कुलकी प्रधानाध्यापिका अनामिका मिश्राको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले गरीब, बिपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई निशुल्क रुपमा गुणस्तरीय शिक्षा प्रदान गरीरहेकोले समता स्कुलले गरेको कार्य अत्यन्तै सह्रायिन रहेको बताउनुभयो ।
समता स्कुलले गरेको समाजसेवामा आफुले पनि व्यक्तिगत रुपमा र महानगरको तर्फबाट सहकार्य गरेर अँझै नमुना विद्यालय बनाएर व्यवस्थित बनाउनुपर्नेमा मेयर सरावगीले जोड दिनुभयो । सो अवसरमा समता एजुकेशन ट्रष्टका निर्देशक दिपक सञ्जेलले ट्रष्टको बिगत, बर्तमान र भविष्यका बारेमा प्रकाश पार्दै समता स्कुलमा अध्ययनरत विद्यार्थिहरुलाई भविष्यमा थुप्रै अवसरहरुको सृजना हुने बताउनुभयो । सो अवसरमा वीरगञ्ज महानगरपालिका शैक्षिक महाशाखाका शाखा अधिकृत हरी राउतले समता स्कुलको अध्ययन सकेर माथिल्लो कक्षामा पढ्ने विद्यार्थिहरुलाई पायक पर्ने विद्यालयमा निशुल्क पढ्ने वातावरणको सृजना गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा कारगार प्रशासनका प्रमुख श्रवन पोखरेल, समता फाउण्डेशनका प्रदेश न. २ का कलेस्टर कार्यालय प्रमुख नविन पराजुली, ट्रष्टका व्यवस्थापक सुर्दशन पौडेल, स्कुलका संरक्षक एवम् पत्रकार शंकर आचार्य, युवा नेता दिलिपराज कार्की लगायतको उपस्थिती रहेको थियो । स्कुलकी स्वयमसेवीका जिया मिश्राले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यार्थिहरुले बिभिन्न सांस्कृतीक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी सुर्य शुभचिन्तकले गर्नुभएको थियो ।