धादिङ ।लागु औषधको कारोबारीहरुले धादिङ बेनिघाट रोराङ गा.पा. अन्तर्गत मलेखु ताल्ती जाने आउने सडक खण्डमा लागु औषध चरेशको खरिद बिक्री तथा कारोबार गर्दै छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मलेखुवाट खटिएको प्रहरी टोलीले आइतबार दिनको अं. १७:०० वजेको समयमा जिल्ला दिङ बेनिघाट रोराङ्ग गा.पा.वाड नं. ४ स्थित मलेखु ताल्ती जाने आउने कच्ची सडकमा पुग्दा जिल्ला मकवानपुर राक्सिराङ गा.पा.वडा नं. ९ जनई स्थायी घर
भई जि.धादिङ वेनिघाट रोराङ गा.पा.वडा नं. २ काफलफेली वस्ने वर्ष २८ को सुकलाल गोम्वो , ऐ.ऐ.वस्ने वर्ष १९ को भिम वहादुर गोम्वो, ऐ.ऐ.वस्ने वर्ष २२ को पासाङ तामाङ, ऐे.ऐ. जनई वस्ने वर्ष ५० को कान्छामान स्याङतान, जिल्ला म्याग्दी, मालिका गा.पा.वडा नं. २ दरवाङ वस्ने वर्ष ३० को तिलक वि.क.लाई लागु औषध चरेश २० के.जि. र लागु औषध चरेश बनाउन प्रयोग हुने तेल जस्तो देखिने तरल पदार्थ १ लिटर खरिद बिक्री गरी रहेको अवस्थामा नगद रु २,४०,०००/-सहित पक्राउ गरी सम्मानित धादिङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको धादिङ प्रहरीले जनाएको छ ।