चन्द्रागिरिका प्रमुख प्रशासकीय अधिकृत १ लाखसहित अख्तियारकाे नियन्त्रणमा
वीरगंज संजाल
२० माघ २०७६, सोमबार १३:३३
४५३९
काठमाडाैँ । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलकाे गाडीबाट एक लाख रुपैयाँसहित उनी पक्राउ गरेका छन् ।बा २ झ २१५२ नम्बरको गाडीकाे पछाडीकाे सिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालकाे टाेलीले खानतलासी गर्ने क्रममा एक लाख नगद भेटिएकाे हाे । रकमसहित प्रमुख पाैडेल र उनका ड्राइभर सचित दुलाललाई अख्तियारकाे टाेलीले आइतबार नियन्त्रणमा लिएकाे हाे ।
आयोगका प्रवक्ता प्रदीपराज कोइरालाले चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल र उनका ड्राइभरलाई पक्राउ गरिएको पुष्टि गरे ।प्रमुख पाैडेल नगरपालिकाबाट घर जाने क्रममा बलम्बू १२ स्थित च्याउ सहकारी अगाडि अख्तियारकाे जिपले राेकेर खानतलासी गर्न थाल्दा उक्त १ लाख नगद भेटिएकाे हाे ।पक्राउ परेका कार्यकारी पाैडेल र उनका डाइभरलाई केमिकलसहित हात डुबाउँदा ड्राइभरकाे हातमा भने पैसा छाेएकाे राताे हात देखिएकाे थियाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालकाे टाेलीले स्थानीय जनप्रतिनिधि,स्थानीय र महानगरीय प्रहरी प्रभाग बलम्वुकाे राेहवरमा नगद बरामदी मुचुल्का उठाई आयोगकाे कार्यालय टंगालमा लगेकाे छ । टाेलीले पाैडेल चढ्ने बा २ झ २१५२ नम्बरको गाडी समेत नियन्त्रणमा राखेकाे छ ।nepal post daily