• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रहरी र जनप्रतिनिधिकै मिलेमताेमा भारतबाट गाई तस्करी गरेर नेपाल हुँदै बंगलादेशसम्म

  • वीरगंज संजाल
  • १९ माघ २०७६, आईतवार ११:१२
  • ८४३३

    भारतीय गाईलाई नेपाल ल्याएर बंगलादेशतर्फ तस्करी गर्ने गरेको एक अनुसन्धानबाट खुल्न आएको छ । बंंगलादेशमा गाईको मासुको उच्च माग हुने गर्छ । साेही फाइदा उठाउन तस्करहरुले भारतबाट बुढा गाईखरिद गरी चोर बाटो प्रयोग गरेर नेपालतर्फ पैठारी गर्ने र नेपालबाट बंगलादेशसम्म पुर्याउने गरेकाे पाइएकाे छ ।

    त्यसरी भारतबाट ल्याइएका गाई नेपाली नै रहेकाे र निरोगी रहेकाे जाली कागजात/प्रमाण तयार पारी नेपालको पुर्वी नाका भएर बंगलादेशसम्म पुर्याउने गरेको प्रमाण फेला परेको हाे ।

    कसरी हुन्छ तस्करी ?

    वीरगञ्जका नामुद गाई तस्कर प्रदेशी यादवले आफ्नी श्रीमती अन्जु कुमारी अहिरको नाममा वीरगञ्जको अशोक बाटिकामा ‘प्रदेशी गाई पालन फार्म’ खोलेका छन् । फार्म भने देखाउनका लागि मात्रै हो । भारतबाट तस्करी गरी ल्याइएका गाई राख्नको लागि मात्रै याे फार्म बनाइएकाे देखियाे । फार्ममा न त दूध उत्पादन हुन्छ, न त बिक्री-वितरण नै । तस्करीका गाई राख्ने गोदामका रूपमा याे फार्म रहेकाे छ ।

    भारतीय सीमावर्ती शहर रक्सौल पन्टोकामा गाई जम्मा गरिन्छ । जम्मा गरिएको गाई बोलेरो पिकअपमा लोड गरी वीरगञ्जको सिरिसिया नाका हुँदै वीरगञ्जको अशोक बाटिकास्थित तस्कर प्रदेशी यादवको फार्ममा राखिन्छ ।

    त्यसरी गाई तस्करीमा सीमावर्ती क्षेत्रमा खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेतको मिलोमतो रहेको कारण सिमानामा गाई रोक्ने काम गरिँदैन प्रहरीकै अगाडिबाट गाई लोड भएको पिकअप निर्बाध नेपाल प्रवेश गर्छ ।

    जनप्रतिनिधिकाे पनि मिलेमताे

    यसरी नाकाबाट निर्बाध नेपालमा गाई भित्र्यापछि तस्करहरुले वडासचिव र जनप्रतिनिधिसँग पनि मिलेमताे गर्छन् । उनीहरूसँग मिलेर नेपालकै गाई भएको सिफारिस लिन्छन्, सो वापत सिफारिस प्रतिगाई दुई हजार रूपैयाँ बुझाएर खुसी पार्छन् ।

    त्यसपछि पशु चिकित्सकले गाईको निरोगिता प्रमाण पत्र दिने गरेका छन् । नेपालमा भारतीय पशुपंक्षी आयात गर्न प्रतिबन्धित गरिएकाेले त्यसरी कर्मचारी र जनप्रतिनिधिलाई प्रलोभनमा पारेर जाली प्रमाण बनाउने गरेको नाम नखुलाउने र्शतमा एकजनाले जानकारले बताएका छन् ।

    के गर्दैछन् सराेकारवाला ?

    भारतबाट गाई तस्करी भएर नेपाल आउने र सो वापत रकमी चलखेल हुने गरेको सम्बन्धमा जिल्ला पशु सेवा कार्यलय पर्साका डा दिनेश कुमार तिवारीसँग हाम्रो टेलिफोनमा लामो सम्वाद भएको थियो ।

    पशु चिकित्सक डा तिवारीले गाई-भैँसी नेपालको हो कि भारतको हो, कुनै सरोकार नहुने र स्वास्थ्य परिक्षणको प्रमाण पत्र दिने गरेको पनि स्वीकार गरेका छन् ।

    नेपालको गाई भएको प्रमाण नभए बाटोमा प्रहरीले गाई नियन्त्रणमा लिएर भन्सार बुझाएर लिलाम गर्न सक्छ । त्यसैले गाई तस्करहरुले घुस खुवाएर जाली प्रमाण बनाउने गरेको खुलासा भएकाे हाे ।

    नेपालकै विभिन्न जिल्लाबाट समेत गाईहरु बंगलादेश तस्करी हुँदै आएको बेलाबखत समाचार आउने गरेको थियो । फेसबुकमा तस्करहरुले भारतबाट गाई नेपाल ल्याएर नेपाली गाई भएको जाली प्रमाण बनाई नेपाली बाटो प्रयोग गरी बंगलादेश तस्करी हुने गरेको कुरा बाहिरिएपछि हामीले यस सम्बन्धनमा सूक्ष्म अनुसन्धान र स्थलगत रिपाेर्टिङ गरेका हाैँ ।

    यद्यपि यसरी हुने गाईको तस्करीसम्बन्धी प्रहरी प्रशासन र स्थानीय निकायले कुनै पनि किसिमको प्रतिकृया दिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑