नेपालबाट अवैध रुपमा भारत तर्फ गइरहेको सात लाख बराबर को माल समान पक्राउ
वीरगंज संजाल
१८ माघ २०७६, शनिबार २०:१६
४४४१
बिरगंज ।नेपालबाट अवैध रुपमा भारततर्फ लैजांदै गरेको अवस्थामा आज छोकडासहित चर वटा मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।बीरगन्ज महानगरपालिका १६ नगवाबाट भारतको रक्सौलतर्फ लैजांदै गरेको अवस्थामा चार वटा मोटरसाईकलमा रहेको आठ बोरा छोकडा प्रहरीले बरामद गरेको हो । ज २ प ८४२३, ना १ प ५४८३, बीआर ०५ एम ६४६२ र बीआर ०५ एस ४७०१ नम्बरको भारतीय मोटरसाईकलसहित अन्दाजी दुई लाख ३२ हजार मुल्य बराबरको चार क्विन्टल छोकडा बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।  यसैगरी प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कायाृलय पर्साको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ५ बस्ने कोमल गुप्ताको घरबाट अवैध रुपमा भारतबाट भित्रयाईएको पाँच लाख मुल्य बराबरको शर्टिङ्ग सुटिङ्ग कपडालगायतका सामाग्रीहरु बरामद गरेको छ । भारतबाट अवैध रुपमा भन्सार छलेर गुप्ताको घर भाडामा लिएर भण्डारण गरि राखिएको अवस्थामा चपरा, जुता, विभिन्न शर्टिङ्ग सुटिङ्गका कपडा, ईलेक्ट्रोनिक सामाग्री गरी पाँच लाख मूल्य बराबरको तस्करीको मालसमान बरामद गरिएको प्रहरीले जनाएको छ ।  बरामद गरिएको छोहडा, मोटरसाईकलसहित मालसमानहरुलाई आवश्यक कारवाहीको लागि वीरगन्ज भंसार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो