जिपि कोईराला गोल्डकप फुटबल खेलको पहिलो दिन ट्राईबेकरमा पर्सालाई हराउदै धनुषा बिजयी
वीरगंज संजाल
१८ माघ २०७६, शनिबार २०:१३
६७८३
बिरगंज ।गिरिजा प्रसाद कोईराला मेमोरियल फाउण्डेसन पर्साले आयोजना गरेको गोल्डकप फुटबल नकआउट प्रतियोगिताको उदघाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले गरेका थिए ।जिपि कोईराला फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दीनको अध्यक्षतामा शनिबार बिरगंजको आदर्शनगर रंगशालामा जे पि कोइराला फाउन्डेसन पर्साद्वारा भएको पहिलो खेलमा धनुषाले पर्सा फुटबल सँघलाइ पराजित गरेको छ ।धनुषाले पर्सालाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गरेको थियो ।
निर्धारित समयमा दुबै टिमबाट एक एक गोल भएर खेल बराबरीमा सकिएपछि ट्राईब्रेकरमा खेल धकेलिएको थियो । ट्राइबेकरमा धनुषाले पर्सालाई हराउदै प्रतियोगिताको बिजयी शुरुवात गरेको छ ।यसअघि खेलको पहिलो हाफको २८ औ मिनेटमा धनुषाका जर्सी नम्बर १७ का खेलाडी प्रमोद यादवले पहिलो गोल गर्दै धनुषालाइ अग्रता दिलाएका थिए ।
पहिलो हाफ सकिदासम्म धनुषा खेलमा १–० ले अगाडि थियो ।तर दोश्रो हाफको चौथौ मिनेटमा पर्सा क्लबको तर्फबाट सुदिस श्रेष्ठले गोल गर्दै खेललाइ १–१ गोलको बराबरीमा पुरयाएका थिए । त्यसपछि दुबै टिमबाट कुनै गोल हुन नसकेर खेलको निर्णय ट्राईब्रेकर मार्फत लिइएको थियो ।
अगामी २५ गतेसम्म चल्ने फुटबल प्रतियोगिताको दोस्रो खेलमा आईतबार रौतहट र महोत्तरी बिच हुने आयोजक जिपी कोइराला फाउण्डेशन पर्साका अध्यक्ष महम्मद शाहबुद्धिनले जानकारी दिएका थिए ।प्रदेश नम्बर २ मै पहिलो पटक भईरहेको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा प्रदेशका आठ वटै जिल्लाका ८ टिमहरुको सहभागिता रहेको छ ।सो कार्यक्रममा प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा , नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया , जिपि फाउन्डेसनका केन्द्रिय सदस्य अजय कुमार राई , नेपाली काङ्ग्रेसका नेता अनिल रुङटा , जनार्दन सिंह क्षेत्री , प्रदेश सभा सदस्य शन्कर चौधरी , राजपाका केन्द्रिय सहमहामन्त्री नेजामुदिन समानी , नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , नेकपाका नेता मानदेव हजरा, नेपाली काङ्ग्रेस पर्साका सभापति अजय दुबेदी , सचिव श्याम पटेल , कोषाध्यक्ष ईम्तीयाज आलम , दिना गुप्ता , दिलिप राज कार्की , सरोज चौरसिया लगायतकाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा ग्लोबल आइएमई बैक,ईन्भेस्टमेन्ट बैंक,हिमालयन बैंक,सिभिल बैंक कुमरी बैंक जगदम्बा सिमेन्टक्वेस्ट फर्मास्टियुकल,डाबर नेपाल,बिरगञ्ज महानगरपालिका पर्सागढीस् नगरपालिका बहुदरमाइृ नगरपालिका लगायतले स्पोन्सर गरेका छन भने मनोकामना माबी , जिएचपि स्कुल , न्यु वेभ , मास्कोट स्कुलका विद्यार्थीले मार्च पास गर्नुका साथै नृत्य समेत गरेका थिए ।कार्यक्रम सन्चालन उज्वल घिमिरेले गर्नु भएको थियो ।