ग्रामीण भेगका सिकारीहरुले स्यालकाे सिकार गर्न थाले पछि
वीरगंज संजाल
१८ माघ २०७६, शनिबार १८:२०
४४२७
पोखरिया | नेपाल सरकारले पशुजन्य बन्यजन्तुको संरक्षणको लागी बिभिन्न जिवजन्तुहरुलाइ जोगाउन प्रसासनको ब्यवस्था गरेको छ जस्का कारण पर्साका सिकारीहरु जंगलमा सिकार गर्न नपाउदा गाउतिर सिकार खेल्न निस्केका छन् ।
उनीहरू ग्रमीण भेगका नदी, पोखरि र धानको परालमा लुकेका स्यालहरुलाइ सिकार गर्ने गरेकाे पाइएकाे छ। सिकारीहरुकाे ५ देखि ६ जनाकाे समूह र तिनीहरूसंग भएका कुकुरले स्यालको सिकार गर्ने गरेकाे पाइएकाे छ।
स्याल फेला पर्नै बितिकै स्याललाइ लठीले कुटपिटगरी मृत गरी लठीमा झुन्डयाई घर तथा उनीहरुले बास बसेको ठाउमा लगी खसीको मासुजस्तोै पकाइ खाने गरेकाे पाइएकाे छ । ग्रामीण भेगमा रेहेका संचारकमीहरु संग कुराकानी गर्दै तिन ीहरुको समुहको एक जना ब्यतीले खसी जस्तै पकाई खादा मासु को स्वाद खसीको मासु झै मिठो हुने बताए ।
इ सिकारीहरुले स्यालको साथ साथै ग्रामीन भेगमा पाउने बिभिन्न चरा चुरंगीहरु परेवा, बटही, बनकुखुरा, बंकुल जस्ता पन्छीहरु पनि सिकार गरिरहेकाे पाइएकाे छ ।
यता सवास्थयको क्षेत्रमा हेर्दा बैज्ञानिकहरुको अनुसार स्यालको महत्व धैरै छ, स्यालको स्वास प्रस्वास बाट वायुमंडलमा भएका बिभिन्न किसिमको किटाणुहरु मर्ने गर्ने बैज्ञानिकहरु भनाइ रहेकाे छ। स्याललाइनै मारीदिरए पछि धेरै किसिमको रोगले न्मितयाउने संभावना हुनसक्ने बिज्ञहरूकाे अनुमान रहेकाे छ ।