आज:
  • होमपेज / Tech News

    मोबाइल खोस्दै फ्यानको अपमान गरेपछि सलमानलाई गोवामा ‘नो इन्ट्री!’

  • वीरगंज संजाल
  • १७ माघ २०७६, शुक्रबार ०५:५९
  • ५८४५

    एजेन्सी, १५ माघ । बलिउडका दबंग सलमान खान यतिबेला आफ्नो फिल्म ‘राधे’ को शुटिङमा व्यस्त छन् ।

    यसैबीच सलमान खानको एक भिडियो भाइरल बनिरहेको छ । उक्त भिडियोमा खानले आफ्ना एक फ्यानको मोबाइल खोसेर लिएको देख्न सकिन्छ ।

    भिडियोमा गोवा विमानस्थलमा कार्यरत एक कर्मचारी तथा उनका फ्यानको हातबाट खानले मोबाइल खोसेको देख्न सकिन्छ ।

    सामाजिक सञ्जालमा भाइरल बन्दै गएपछि उक्त भिडियोले सलमानसामु समस्या थपिदिएको छ । उक्त भिडियोलाई लिएर नेशनल स्टुडेन्ट्स युनियन अफ इन्डिया (NSUI ) ले विरोध जनाएको छ । NSUI ले सलमानले माफी माग्नुपर्ने बताएको छ ।

    कांग्रेसको विद्यार्थी छाता संगठन NSUI ले गोवाका मुख्यमंत्री प्रमोद सावंतलाई आग्रह गर्दै भनेको छ- यदि सलमानले सार्वजनिक रुपमा माफी मागेनन् भने उनलाई गोवामा निषेध (No Entry) गरिने छ ।

    गोवा भाजपाका महासचिव तथा पूर्व सांसद नरेन्द्र सवाईकरले पनि ‘अपमानजनक व्यवहार’प्रति बिना शर्त सलमानले माफी माग्नुपर्ने बताएका छन् ।

    सलमान सुटिङको सिलसिलामा गोवा जाने क्रममा गोवा अन्तर्राष्ट्रिय विमानस्थलमा उनले फोटो खिचिरहेका आफ्ना एक फ्यानको मोबाइल तानेका थिए । सलमानले फ्यानलाई अपमान गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।

    भाइरल भिडियोमा सलमान विमानस्थलबाट बाहिर निस्कँदै गरेको देख्न सकिन्छ । सोही क्रममा उनका एक फ्यान आफ्नो मोबाइलबाट सलमानसँगै आफ्नो तस्बिर लिने प्रयास गर्छन् ।

    तर सलमानले एक्कासी रिसाएर ती फ्यानको मोबाइल तान्छन् । उनले आफ्ना फ्यानको खोसेको मोबाइल आफूसँगै लिएर विमानस्थलबाट निस्कन्छन् ।

    त्यसपछि के भएको थियो भनेर भिडियोमा देखाइएको छैन् ।

    तर सलमानको उक्त व्यवहारबाट उनका फ्यान निकै निराश भएका छन् ।

    सलमानको हालै रिलिज भएको ‘दबंग-३’ ले बक्स अफिसमा खासै सफलता हात पार्न सकेको थिएन् । बक्स अफिसमा ‘दबंग-३’ लाई भन्दा अक्षय कुमारको ‘गुड न्युज’लाई बढी मन पराइएको थियो ।

    हाल सलमान आगामी फिल्म ‘राधे’को सुटिङमा व्यस्त छन् । नयाँ फिल्ममा उनी एक पटक फेरि एक प्रहरी अधिकृतको भूमिकामा देखा पर्दैछन् । यो फिल्ममा निर्देशक प्रभुदेवासँग फेरि पर्दामा फर्किने छन् ।

    ‘राधे’मा सलमानले एक खुफिया (जासुसी) पुलिस अधिकारी को भूमिकामा दर्शकलाई मनोरञ्जन गराउनेछन् ।’राधे’ यही वर्षको मे २२मा रिलिज हुने बताइएको छ । सलमानका भाइ सोहेल खान यो फिल्मका निर्माता हुन् ।

    भिडियोः

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला
  • पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न
  • राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा
  • दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    दुर्गा प्रसाईं फेरि पक्राउ

    हर्कको प्रश्न : रौतहटमा भएको बालिकाको हत्याबारे यो सरकारले के गर्दैछ?

    शहिद धर्मराज सिंहकी आमाद्वारा एमाले उम्मेदवार प्रदीप यादवलाई जितको आशीर्वाद

    राष्ट्रियसभा बैठक सुरु

    आहा रारा पोखरा गोल्ड कपको २५ औँ वर्षको अवसरमा तस्बिर प्रदर्शनी

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    News

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    News

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    News

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    News

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑