बैतडी (अस) । बैतडीमा सञ्चालित सामाजिक विकास तथा सचेतना समाज (स्वदेस) संस्थाले सम्झौता अनुसारको कामै नगरी भुक्तानी लिएको पाइएको छ । गत वर्ष संघीय सरकारले पञ्चेश्वर गाउँपालिकामा व्यावसायिक कृषि तथा पशुपालनका लागि विशेष अनुदानवापत रू. ६० लाख दिएको थियो । त्यसबाट गाउँपालिकामा १८ स्थायी पोलिहाउस, दुई माछापोखरी निर्माण तथा फलफूलका बिरुवा वितरणलगायत काम गर्ने जिम्मा संस्थाले लिएको थियो । फलफूलका बिरुवा वितरण गरे पनि अरू काम पूरा नगरी संस्थाले आर्थिक वर्षको अन्त्यमा कागजात मिलाएर रू. ५२ लाख झुक्तानी लगेकोे पञ्चेश्वर गाउँपालिकाले बताएको छ ।
गाउँपालिकाले विशेष अनुदानबापत प्राप्त रकमबाट लक्षित कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आ≈वान गरेको थियो । उक्त प्रस्तावमा स्वदेस संस्था बैतडीको प्रस्ताव स्वीकृत भएको थियो । गाउँपालिका र संस्थाबीच असार मसान्तसम्ममा काम सक्ने र भुक्तानी लिने सम्झौता भएको थियो । संस्थाले सम्झौताअनुसार काम पूरा नगरे पनि गाउँपालिकाले झुक्तानी दिएको थियो । भुक्तानी लगेपछि पनि सम्झौता अनुसारकाको काम गर्न बारम्बार संस्थालाई अनुरोध गरे पनि अहिलेसम्म कुनै सुनवाइ नभएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
संस्थाका कार्यक्रम संयोजक निर्मल पाण्डेले अब केही समयमै बाँकी काम पूरा गर्ने बताए । संस्थाले स्थानीय व्यक्तिलाई काम गर्ने जिम्मा दिएको र उनीहरूले जिम्मेवारी पूरा नगर्दा संस्था बदनामी हुनु परेको उनको भनाइ छ ।